स्वास्थ्य

    Showing ६१-७० of १,९६८ items.
  • शाहाकारी दशैं

    " स्वस्थकर दसैँ ; शाकाहारी दसैं " सुन्दा पनि अचम्म लाग्न सक्छ - दसैँ पनि शाकाहारी हुन्छ र ?मासुबिनाको दसैं पनि सम्भव होला र ? तर यो सम्भव छ र स्वस्थकर पनि । आउनुस म बेलिबिस्तार लगाउँछु; तपाइको स्वास्थ्य, दसैं अनि खानपानको सन्दर्भमा । हामी सबैलाई थाहा नै छ; आसुरी शक्तिमाथि दैवीशक्तिको बिजय उत्सवका रुपमा मान्यजनबाट टिकाजमरा, आशिर्बाद ग्रहण गरि खुशियाली साटासाट गरेर मिठामिठा परिकार खाएर दसैं मनाउने चलन छ । हामी पर्व मनाइरहंदा खानपानमा भने पटक्कै ध्यान दिदैनौं । अझ यो पर्व त भारिभरकम खाना अनि मासुबिना असम्भव प्राय: भैसकेको छ । अरु सबैले मासुका परिकार खाइरहंदा शाकाहारी भने एक्लिएको, अलग्गिएको महसुस

    • प्रकाशित मितिः आश्विन २०, २०७६
    • २९२ पटक पढिएको
    • विक्रम ढकाल
  • राताे मासु स्वास्थकाे लागी हानिकारक : डा. निकेश श्रेष्ठ

    देउराली । हिन्दुहरुको माहान चाड दशैंमा विभिन्न शक्तीपिठहरुमा गएर परिवारको सुख सवृद्धि, सुस्वास्थ, प्रगतीको कामना सहित देवीको पुजाअरधना गर्ने र पुजा पश्च्यात बोका भेडा, च्याङ्ग्रा, राँगा, सुँगुर, कुखुरा, हाँस आदिको बलि दिने प्रचलन रहेको छ । दशैमा नेपाली समाजमा अन्य समयमा भन्दा धरै मासु खपत हुने गरेको पाइन्छ । नहुनेले पनि दशैंमा ऋण गरेरै भएपनि मासु खानैपर्ने मान्यता राख्ने गरेको पाइन्छ । यस हिसानले पनि दशैलाई मासुको पर्यायवाचीको रुपमा लिने गरेको पाइन्छ । तर, दशैको समयमा हामीले खाने मासु प्राय रातो मासु हुने हुनाले यसले मानव स्वास्थमा असर गर्न सक्ने डाक्टरहरुले बताउदै आएका छन् ।न्यूरो अस्पताल व

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • ६०७ पटक पढिएको
    • डम्बर कार्की
  • इटहरीमा कुहिएको मासु बेच्दै व्यापारी

    इटहरी/ तपाई दशैंको मासु किन्न पसल जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने होसियार ! अहिले बजारमा चाडवाडलाई लक्षित गरी मासु व्यापारीहरूले धेरै मुनाफा कमाउन व्यापारीहरूले अस्वस्थकर मासु बेच्ने गरेको पाइएको छ । स्वस्थ मासु भन्दै व्यवसायीहरूले बिग्रिएको मासु फ्रिजमा राखेर उपभोक्तालाई दिने गरेको इटहरी अनुगमन समितिले जनाएको छ । इटहरी उपमहानगरले बुधबार र बिहीबार गरेको बजार अनुगमनमा मासु पसलमा सडेगलेका मासु बिक्री गर्ने गरेको रहस्य बाहिरिएको हो । बजारका पसलहरूमै पुरानो कुहिएको मासु नियन्त्रणमा लिएको बजार अनुगमन समितिका संयोजक प्रकृति चौलागाईंले बताइन् । ‘केही पसलहरूमा पुरानो कुहिएको मासु भेट

    • प्रकाशित मितिः आश्विन १७, २०७६
    • ४१० पटक पढिएको
    • धनबहादुर पुरी
  • तलब नपाएको भन्दै स्वास्थ्यकर्मीद्वारा सेवा ठप्प

    इनरुवा/ तलब नपाएको भन्दै इनरुवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । स्वास्थ्यकर्मीहरूको अवरोधका कारण बुधबार ओपीडी सेवा पूर्णरूपमा ठप्प बन्यो । करार र व्यवस्थापन समिति मातहतका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालको सेवा प्रभावित बन्न पुगेको हो । काम बन्द गरेका स्वास्थ्यकर्मीले तलबमा विभेद गरिएको बताएका छन् । ओपीडीसहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तुष्टि पोखेको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल जायज नहुने भन्दै कर्मचारीहरूलाई काममा फर्किन अस्पताल व्यवस्थापन समितिले आग्रह गरेको छ । समितिका अध

    • प्रकाशित मितिः आश्विन १६, २०७६
    • १७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘रोकथाम गरे ८० प्रतिशतसम्म हृदयाघातबाट बच्न सकिन्छ’

    मुटुरोगभन्दा हृदयाघातका कुराहरू आउँछन्, हृदयाघात के कारणले हुने गर्दछ ?–यो संसारकै ठूलो ज्यान लिने बिरामी हो । हृदयाघातका कारण सयमा तीसजना अस्पताल पनि पुग्न सकेका छैनन् । हाम्रोजस्तो विकासोन्मुख देशमा जति अस्पताल पुग्ने गर्छन्, तिनीहरूमध्ये धेरैको सही उपचार भएको छैन । विशेषगरी दक्षिण एशियामा यो समस्या अन्य देशहरूको तुलनामा अलि बढी छ । हृदयाघात हुने विभिन्न कारक तŒवहरू छन्, जसलाई मोडिफायर र नन्मोडीफायर भनेर वर्गीकरण गर्न सकिन्छ, नन्मोडीफायर भन्नाले बढ्दो उमेर, लैङ्गिक रूपमा पुरुष, वंशाणुगत प्रभावहरू पर्दछन् । जुन परिर्वतन गर्न सकिँदैन । अर्को मोडीफायर भन्नाले परिवर्तन गर्न सकिने कुर

    • प्रकाशित मितिः आश्विन १५, २०७६
    • ३६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानको गरिमा बचाऔं

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषगरी पूर्वक्षेत्रका बिरामीहरूको चाप दैनिक बढिरहेको छ । प्रतिष्ठानकै तथ्याङ्कअनुसार बीपीमा उपचार गराउन दैनिक ३ हजारको हाराहारीमा बिरामीहरू आउँछन् । तर केही समययता बीपी प्रतिष्ठान आफै बिरामी अवस्थामा छ । प्रतिष्ठानका अङ्गहरू भङ्ग भएका छन् । टाढादेखि निको हुने आशामा आएका बिरामीले झन् बढी सास्ती खेप्नुपरेको अवस्था छ । प्रतिष्ठानलाई सुधार्ने सक्षम नेतृत्वको अभाव देखिएको छ । प्रतिष्ठानमा अहिले समस्यै समस्याको जञ्जाल छ । महत्वाकांक्षी योजनाअनुरूप बन्दै गरेका भवनहरू अलपत्र छन् । प्रतिष्ठान आफैले सञ्चालन शुरु गरेको फार्मेसी बन्द अवस्थामा छ । हरेकजसो विभाग

    • प्रकाशित मितिः आश्विन १५, २०७६
    • २२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुरक्षित गर्भपतनमा महिलाको हक

    प्रत्येक नागरिकलाई आफ्नो शरीरमा आफ्नै हक हुन्छ । त्यसैले यौन तथा प्रजनन् स्वास्थ्यका सवालमा चर्चा गर्दा महिलाहरूको आफ्नो शरीरमाथि आफ्नै अधिकार स्थापित हुनुपर्दछ भन्ने अभियान धेरै पहिलादेखि चल्दै आएको भए तापनि विश्वव्यापी रूपमा यसले कानूनी तवर प्राप्त गर्न अझै पनि सकिरहेको छैन । अन्तर्राष्ट्रियस्तरमा महिलाको स्वास्थ्य अधिकारको सम्बन्धमा सरकारले प्रतिबद्धता जनाइरहेको पाइए तापनि त्यसलाई राष्ट्रिय रूपमा कानून निर्माण गरी कार्यान्वयन गरेको भने कमै पाइएको छ । यौन तथा प्रजनन् स्वास्थ्यकै रूपमा रहेको सुरक्षित गर्भपतन पनि महिलाको प्रजनन् अधिकार हो । महिलाको मञ्जुरीमा कानूनले मान्यता दिएअनुसार सूचीकृत

    • प्रकाशित मितिः आश्विन १४, २०७६
    • २९३ पटक पढिएको
    • सुनिता हुमागाईं
  • बिरामीको चाप व्यवस्थापन गर्न बीपी प्रतिष्ठान असफल

    धरान/ मातृ तथा शिशु उपचार केन्द्र (एमसिएच) भवन निर्माण नभएसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक बढ्दो बिरामीको चाप व्यवस्थापन गर्न नसकिने भएको छ । प्रतिष्ठानमा हुने बिरामीको चाप व्यवस्थापन र तत्काल ल्याव रिपोर्ट उपलब्ध गराउन अनेक प्रयास भए पनि असफल हुँदै आएको छ । पूर्वको रिफरल सेण्टरको रूपमा विकसित भएको प्रतिष्ठानमा दैनिक ३ हजार बिरामी उपचारका लागि आउने गरेका छन् । तर अत्यधिक चापलाई प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा बिरामीले सास्ती खेप्नुपरेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले भने, ‘प्रतिष्ठानमा बिरामीको चाप नियन्त्रण गर्न तत्काल नसकिने भएको छ । ए

    • प्रकाशित मितिः आश्विन १४, २०७६
    • ३७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तोकिएको समयअगावैै बन्यो स्वास्थ्य चौकी भवन

    धनकुटा/ प्रायः गरेर अधिकांश निर्माण कम्पनीले धेरै योजनाहरूको ठेक्का लिने तर समयमा काम कहिल्यै नसक्ने आरोप जहिले पनि खेपिरहेका हुन्छन् । निर्माण कम्पनीकै लापरबाहीले अलपत्र अवस्थामा रहेका दर्जनौं योजनाहरू पनि धेरै छन् । तर धनकुटाको एक निर्माण कम्पनीले भने तोकिएको समयभन्दा करिब ५ महिनाअघि नै शहीदभूमि गाउँपालिकामा २ तले स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न गरी एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । शहीदभूमि गाउँपालिका–६ थलथले बजारस्थित आँखीसल्ला स्वास्थ्य चौकी भवन निर्माणको म्याद १८ महिना भए पनि निर्माण कम्पनी सगरमाथा सुदीक्षा थुलुङ जेभीले साढे १३ महिनामै निर्माण कार्य सम्

    • प्रकाशित मितिः आश्विन १३, २०७६
    • ११२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्व मुटु दिवसमा २५० जना विमारीको प्रतिष्ठानमा निःशुल्क मुटु जाँच

    धरान /  ‘स्वस्थ्य मुटु सबैको अधिकार’ भन्ने नारासहित आइतबार विश्व मुटु दिवसमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्डियोलोजी विभागले निशुल्क मुटु जाँच गरेको छ । सो अवसरमा प्रतिष्ठानमा मुटु रोग विभागमा आएका विमारीहरुलाई निःशुल्क मुटु तथा रक्तचाँप परीक्षण गरिएको थियो ।प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहका अनुसार ओपिडीमा आएका २५० जना विमारीहरुको निशुल्क मुटु जाँच गरिएको थियो । शिविरमा मुटु रोग विभाग विभागीय प्रमुख प्राडा. प्रह्लाद कार्की, मुटु रोग विशेषज्ञ डा. प्रशान्त साह, नवीन पाण्डेलगायतको सहभागीता रहेको थियो ।

    • प्रकाशित मितिः आश्विन १२, २०७६
    • १२४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved