विराटनगर । क्षयरोग प्रभावित बिरामीहरूलाई पोषण खाद्यान्न वितरण गरिएको छ ।

बिएनएमटी नेपाल नामक संस्थाले मङ्गलबार १० जना अति विपन्न क्षयरोगीलाई खाद्यान्न वितरण गरेको हो । पोषण परियोजना अन्तर्गत अति विपन्न क्षयरोग पीडित बिरामीहरूलाई खाद्यान्न वितरण गरिएको छ । सावित्री बस्नेत फण्ड फर टिबीको आर्थिक सहयोगमा खाद्य सामग्री वितरण गरिएको हो ।

विराटनगर महानगरपालिकाभित्रका विपन्नलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको बिएनएमटी नेपालका फोकल पर्सन रामप्रसाद कोइरालाले बताए । महानगरपालिकाले सिफारिस गरेका अति विपन्न बिरामीलाई ६ महिनासम्म खाद्य सामग्री वितरण गरिने उनले बताए । ‘हामीले वितरण गरेका खाद्यान्नमा सात प्रकारका सामग्रीहरू रहेका छन् । ६ महिनासम्म उपचार हुन्छ । ६ महिनासम्म पुग्ने गरी खाद्य सामग्री दिइनेछ’ उनले भने, ‘ नगरपालिकाले सिफारिस गरेका बिरामीलाई खाद्य सामग्री वितरण हुने गरेको छ ।’

बिरामीहरूलाई उपचारमा नियमितता गराउन, मासिक रूपमा बिरामीहरूको स्वास्थ्य स्थितिको फलोअप र चेकअप गर्न सहयोग पु¥याउन बिएनएमटीले यो  परियोजना सञ्चालन गरेको हो । न्युरिश परियोजना अन्तर्गत पोषण खाद्यान्न सहयोग मोरङको रङ्गेली, पथरी, कानेपोखरी, सुनवर्षी, विराटनगर महानगरपालिकालगायतका पालिकाहरूमा सञ्चालन गरिएको छ ।

यस किसिमको सहयोग कार्यक्रमलाई निरन्तरता दिन विराटनगर महानगरपालिका स्वास्थ्य शाखाले पनि योजना बनाउँदै गरेको महानगरपालिकाको स्वास्थ्य महा–शाखा प्रमुख दिलिपकुमार यादवले बताए ।