विजयपुर । झापा क्षेत्र नं. ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाहले अग्रता लिएका छन् ।

रास्वपाका वरिष्ठ नेता शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । कूल एक हजार ४ सय मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् । झापामा पाँच निर्वाचन क्षेत्र रहेका छन् ।