श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २२ गते शुक्रबार, ६ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको तृतीया तिथि ०६ः११ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र हस्ता ०९ः४५ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः२३ बजे र सूर्यास्त ०६ः०६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। व्यवधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ। काम अड्किनाले उद्देश्यमा पुग्न समय लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। सावधानीले उपलब्धि जोगाउनुका साथै कामबाट लाभ लिन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तान र अनुयायीको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाजुभाइमा असमझदारी बढ्न सक्छ। जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले बढी मिहिनेत गर्नुपर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिपस्पर्धीहरूले काममा अवरोध पु¥याउन सक्छन्। नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।
































