विजयपुर । मोरङका तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम अनुसार तीनवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।


मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने ९६७ मतसहित अग्रस्थानमा छन्। उनलाई श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिनले ६४३ मतसहित पछ्याइरहेकी छन्। नेपाली काँग्रेसका खड्ग फागोले ४३७ मत पाएका छन् भने नेकपा एमालेका घनश्याम खड्काले २३७ मत प्राप्त गरेका छन्।


यस्तै मोरङ क्षेत्र नम्बर ४ मा पनि रास्वपाका सन्तोष राजवंशीले प्रारम्भिक अग्रता बनाएका छन्। उनले १६३० मत प्राप्त गर्दा नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३६० मत ल्याएका छन्। नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदीले ३३८ मत पाएका छन् भने नेकपा एमालेका जीवन घिमिरेले २५२ मत प्राप्त गरेका छन्।


त्यसैगरी मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी आशा झाले १२२९ मतसहित अग्रता कायम गरेकी छन्। उनलाई जनता समाजवादी पार्टी (जसपा) का राजकुमार यादवले ५६५ मतसहित पछ्याइरहेका छन्। नेकपा (माओवादी केन्द्र) का शिवकुमार मण्डलले ३४५ मत ल्याएका छन् भने नेपाली काँग्रेसका फुलकुमार लालवानीले ३२७ मत प्राप्त गरेका छन्।


तीनवटै क्षेत्रमा मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।