विजयपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मतदान शान्तिपूर्ण हुनुपर्ने बताएका छन् ।

उनले मतदान गरेपश्चात सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भने, 'शान्तिपूर्ण रूपमा निर्वाचन सुसम्पन्न गर्नु सबैको दायित्व हो।' उनले जनताले गरेको निर्णय सबैले स्वीकार गर्नुपर्ने बताए। उनले जनताको भावना विपरीत कुनै पनि समूह जानु नहुने बताए।