श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २१ गते बिहीबार, ५ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको द्वितीया तिथि ०५ः२१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरफाल्गुनी ०८ः३२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः२४ बजे र सूर्यास्त ०६ः०६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दैनिकीमा परिवर्तन ल्याउन सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयस्रोत सबल बन्ने देखिन्छ। सानो प्रयत्नले दिगो काम थालनी हुनेछ। अर्थअभावले सताउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानीसमेत बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।
































