धरान ६ स्थित सरस्वती माध्यमिक विद्यालय पानबारीले सामाजिक परीक्षण तथा आय-व्यय सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार सरोकारवालाहरूको उपस्थितिमा विद्यालयको सामाजिक परीक्षण तथा आय-व्यय विवरण सार्वजनिक गरेको हो । शिक्षक अभिभावक संघका अध्यक्ष टोलकुमारी लुँइटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख धुर्वराज खड्काको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक होमनाथ दाहालले जानकारी दिए । कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, निवर्तमान प्रधानाध्यापक, शिक्षक/कर्मचारी र प्रतिनिधि विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।


कार्यक्रममा विद्यालयको आय-व्यय विवरण प्रस्तुत गरिनुका साथै भावी योजना, शैक्षिक गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकाससम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको थियो । सहभागी सरोकारवालाहरूले विद्यालयको पारदर्शिता र उत्तरदायित्वप्रति सकारात्मक धारणा व्यक्त गर्दै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।