श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ८ गते शुक्रबार, २० फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण शुक्लपक्षको तृतीया तिथि ०९ः१७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र  उत्तरभाद्र ११ः२३ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः३८ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काम बन्नाले जिम्मेवारी बढ्न सक्छ। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

उठ्नुपर्ने रकम हातलागी हुने ग्रहयोग छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। परिस्थितिवश फाइदा नहुने काममा अल्मलिनु पर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त भइनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। साँझतिर सामाजिक कामको जिम्मेवारी आउला।