मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा लक्ष्य नजिक राजस्व सङ्कनल गरेको छ ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार ९ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयको उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । माघमा महिनामा मात्रै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो । चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।
































