श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ७ गते बिहीबार, १९ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण शुक्लपक्षको द्वितिया तिथि ०८ः१६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वभाद्र ०८ः१६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः३८ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ।कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सहयोगीहरूसँगको विशेष भेटघाटले काममा उत्साह बढाउला।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व गर्दै विशेष जिम्मेवारी हातपार्न सकिनेछ।   

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लगनशीलताले मात्र सङ्कल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्य कमजोर रहनेछ । चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।