आगामी फागुन २१ को निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा घाइते भएका २४ जनामध्ये ९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सामन्य घाइते जिल्ला अस्पताल भोजपुरमा उपचारपश्चात डिस्चार्ज भएको जनाएको छ । अन्य घाइतेको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । प्रहरी कार्यालयका अनुसार कोही सामान्य बेडमा उपचार भइरहेको भने केही सघन उपचार कक्ष ९आइसियू० मा उपचार भइरहेको छ । इटहरीमा उपचारत घाइतेहरुलाई पनि काठमाण्डौ लगिएको छ । 

बुधबार भोजपुर नगरपालिका(४ स्थित सेतीबगरमा बस दुर्घटना भएको थियो। भोजपुरबाट टेम्केमैयुङ गाउँपालिका जाने क्रममा गाडीको ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। नेपाली सेना नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङतर्फ जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको थियो। बसका चालक र सहचालक घाइते भएका थिए भने दुई जना सेना सकुशल थिए।