फागुन ९ गते हुने ‘धरान १० के रन’ १४ औं संस्करणमा साढे तीन हजार सहभागि हुने भएका छन् । 

बुधबार धरान रन समूहले पत्रकार सम्मेलन गर्दै ३ हजार २ सय देखि ३ हजार ५ सयसम्म धावक–धाविकाको सहभागिता हुने जनाएको छ । प्रतियोगितामा गायक राजु लामा तथा भ्वाइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगरको पनि सहभागि हुनेछन् । धावक–धाविकाका लागि एक दिनको एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा व्यवस्था गरिएको सचिव रिसव लिम्बूले जानकारी दिए ।

प्रतियोगिताको पुरस्कार राशि  खुल्लातर्फ (महिला÷पुरुष) प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अण्डर–१३, अण्डर–१६, भेट्रान र मिड भेट्रान (महिला÷पुरुष) ले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।

सुपर भेट्रान (महिला/पुरुष) प्रथमलाई ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । व्हीलचेयर (महिला÷पुरुष) प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै,स्थानीय धावक–धाविका (महिला÷पुरुष) लाई ५ हजार रुपैयाँ बराबरको उपहारको व्यवस्था गरिएको छ । वडाध्यक्ष रनिङ दौड प्रतियोगिताका प्रथम हुनेलाई शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।