धरान उपमहानगरपालिकाबाट चार जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

सोमबार धरान ९ बगैंचा लाइनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका ५ का १८ वर्षीय जसिम अकतर, १८ वर्षीय सरफराज आलम, धरान १९ का २८ वर्षीय विकाश बुढाथोकी र ४१ वर्षीय हेमन्त लामा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट तीन सय ६० क्याप्सुल स्पास्मो प्रोक्सिभन एगिक फेला परेको छ । लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानले म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।