विजयपुर (ब्लाष्ट) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव श्रेष्ठ तथा समानुपातिक उम्मेदवार जुद्ध लोहनी धरानमा घरदैलो अभियान छन् ।
घरदैलो संवैधानिक राजतन्त्र मुख्य एजेण्डा लिएर घरदैलोमा गएका छन् । घरदैलो अभियान धरान ११ बाट सुरु गरेका छन् । धरान १५ लगायतका वडाहरुमा अभियान सुरु गरेका छन् । घरदैलोका क्रममा मतदाताहरू उत्साहित देखिएको उम्मेदवार श्रेष्ठले बताए । बराहक्षेत्र र रामधुनी जस्तै धरानका मतदाता पनि राप्रपाप्रति उत्साहित पाएको बताए । उनीहरूका अनुसार स्थानीयवासीले विकास निर्माण, सुशासन माग राखेका छन् । समानुपातिक तर्फका उम्मेदवार जुद्द लोहनीले कृषि उत्पादन, बजारीकरण र आयात प्रतिस्थापन आफ्नो प्राथमिकतामा रहेको बताए । उनले समग्र विकासका लागि स्पष्ट नीति र दृढ नेतृत्व आवश्यक रहेको उल्लेख गरे । राप्रका नेता रोशन अधिकारीले अहिलेका मतदता घोषणापत्र हेरेर भोट हाल्ने मनस्थिति रहेको बताए । उनले धेरै मतदाताको प्रदेश खारेजीको माग राखेको बताए । किरात बौद्धसहितका सनातनी हिन्दु धर्मको संरक्षण, सङ्घीयता खारेजी, राजसंस्थाको पुनःस्थापनालगायतका विषयलाई मुख्य चुनावी एजेन्डा रहेको उनको भनाई छ । उनले अभिभावकको रुपमा राष्ट्रपति भन्दा राजाको माग रहेको बताए । राप्रका नेता संस्थापक सदस्य लक्ष्मण बस्नेतले विगतका राजनीतिक व्यवस्थाले जनअपेक्षा अनुसार विकास र स्थायित्व दिन नसकेको भन्दै अब वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए । उनले भने, ‘बैकिल्पक शक्ति राप्रपा हो ।’ उनले मतदाताको सकारात्मक प्रतिक्रिया र समर्थनले आफ्नो अभियान थप बलियो बनेको पनि बताए ।
































