भूतपूर्व गोर्खा सैनिक संघका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार कृष्ण कुमार राईले गोर्खा सैनिकका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । 

सोमबार धरानमा पत्रकारसँग कुरा गर्दै उम्मेदवार राईले आफू निर्वाचित भएमा नीतिगत व्यवस्था गरेर सरकारमार्फत समस्या समाधान गर्ने बताए । गोर्खा सैनिकका समस्या समाधान गर्न विगत लामो समयदेखि लागिरहेको र सबै समस्या समाधान नभएको बताउँदै भने, ‘गोर्खा सैनिकका समस्या समाधान सरकारले सरकारसँग गर्नुपर्ने  रहेछ । त्यसका लागि उम्मेदवार बने ।’ उनले थपे, ‘मतदान गरेर विजयी गराउन सबै गोर्खा दाजुभाइ तथा परिवारसँग अनुरोध गर्छु ।’

उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको भ्रममा नपर्न पनि समूर्णमा अनुरोध गरेका छन् । उनले आफू समानुपातिक उम्मेदवार भएकाले सबैलाई सहयोग गर्न अपिल गरे । उनी भोजपुरबाट उम्मेदवार बनेका हुन् । अहिले नेपालभर नै गोखा सैनिक तथा तीनका परिवारसँग मत माग्दै हिडिरहेका छन्  । उनका अनुसार पेन्सन र सेवा–सुविधा, आवास, स्वास्थ्य र कल्याणलगायतका समस्या रहेका छन् । उनले धरानका गोर्खा सैनिक र उनीहरूका परिवारलाई सुनसरी क्षेत्र नंं. १ का उम्मेदवार सुर्यबहादुर भट्टराई (मनोज) लाई सहयोग गर्न पनि अपिल गरेका छन् ।