नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका टिकाराम लिम्बूले घरदैलो अभियान शुरु गरेका छन् ।
प्रत्यक्ष तर्फका लिम्बूसहित समानुपातिक उम्मेद्वार मौषम राईले धरान वडा नं ४ बाट घरदैलो अभियान शुरु गरेका हुन् ।
आइतबार पाँचकन्याको हातबाट टीका ग्रहण गरेर उम्मेद्वारद्धयले वडा ४ स्थित खैरेनीटार काठेपुलबाट घरदैलो शुरु गरेका हुन् । उमेदवारहरुलाई ४ नम्बर वडाका वडाअध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न पनि अपिल गरेका छन् ।
































