श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ४ गते सोमबार, १६ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण कृष्णपक्षको चतुर्दशी तिथि १७ः३५ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र श्रवण २१ः०८ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः४३ बजे र सूर्यास्त ०५ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। कामले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनेछ । पहिलेको योजना स्थगित हुन सक्छ। काम थालनी गर्नुअघि विचार पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चिताएको काम बीचैमा रोकिनाले दोहो¥याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्व निखार आउला। अवसर हातपार्ने समय छ। रमाइलो तथा व्यावसायिक यात्रा हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनपर्ने भौतिक साधन जोड्ने समय छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र साथीभाइबाट सहयोग जुट्नाले काममा हौसला बढ्नेछ। प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।
































