श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ३० गते शनिबार, १४ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको दशमी तिथि ०८ः२४ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तराषाढा भोलि ०५ः०० बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः१४ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चुनौतीसमेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्म–कर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेको काम रोकिने भयले सताउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ । रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उठ्नुपर्ने रकम हातलागी हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अतिथिका रूपमा सत्कार पाइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।
































