विजयपुर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धरान वितरक संघले धरान १६ स्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड प्रदान गरेको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना पनि प्रदान गरिएको थियो । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसूति तथा स्त्रीरोग विभागकी एसोसिएट प्रोफेसर डा. ज्योत्सना यादवले महिनावारी स्वास्थ्य सम्बन्धी सहजीकरण गरेकी थिइन् ।

धरान वितरक संघका अध्यक्ष विजय मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल वितरक महासंघ कोशी प्रदेश अध्यक्ष नवीन कुमार तामाङ, विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष दिवा श्रेष्ठ, नेपाल वितरक महासंघका केन्द्रीय सदस्य विक्रम शर्मा तथा धरान वितरक संघका संस्थापक अध्यक्ष युगल कुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष दिवा श्रेष्ठले कार्यक्रमले छात्राहरूलाई महिनावारी स्वास्थ्यबारे जानकारी भएको बताइन् । प्रमुख अतिथि नवीन कुमार तामाङले बालिकाहरू देशको भविष्य भएकाले उनीहरूको स्वास्थ्य र सचेतनाका लागि कार्यक्रम महत्वपूर्ण भएको बताए ।