जीवनलाई भय अर्थात् ‘डर’ले सञ्चालन, निर्देशन र नियन्त्रण गर्दछ, भयवादका चिन्तक तथा प्रतिपादक देश सुब्बा भन्छन् । भयवाद जीवन र जगतलाई हेर्ने विचार हो । एउटा नयाँ आँखा हो । नेपाली माटोको एउटा मौलिक दर्शन हो । 

धरान—१० स्थित पुतली लाइनमा वि.सं. २०२१ साल मंसिर २१ गते बाबा कुबिरजंग लिम्ब र आमा तिलमति लिम्बूको कोखबाट देश सुब्बाको जन्म भएको हो । २०५० सालमा पब्लिक युथ काठमाडौमा स्नातकोत्तर सम्मको अध्ययन गरेका देश सुब्बा सन् १९९६ सालबाट सपरिवार हङकङमा बसोबास गर्दै आएका छन् । 

सन् १९९९ मा भयवाद दर्शन विकास गरेका उनिले नेपाली साहित्यमा समेत उपन्यासलगायतका विधामा कलम चलाइ सकेका छन् । भयवादसँग सम्बन्धित आधा दर्जन कृति प्रकाशित छन् । उनले विभिन्न पत्रपत्रिकाको सम्पादन पनि गरिसकेका छन् । 

सन २००८ सालमा ‘भयवाद र आदिवासी राष्ट्रिय सम्मेलन’ धरानमा सम्पन्न  भएको थियो । विभिन्न समयमा उनि देशविदेशमा ‘भयवादको वैचारिक चिन्तन’ गर्न अतिथि अध्यापकका रुपमा पनि सहभागिता जनाउँदै आएका छन् । देश सुब्बा हालै नेपाल आएका सन्दर्भमा केही दिन अगाडि धरानमा भयवादबारे विमर्श पनि सम्पन्न भएको छ । 

भयवाद के हो ? यसले कुन कुन क्षेत्र कसरी समेटेको छ ? भयवादले जीवन र जगत, साहित्य, समालोचना, चिकित्सा र दर्शनलाई कसरी आत्मसात् गरेको छ भन्ने विषयमा आज हामी संक्षिप्तमा कुराकानी ः