विराटनगर । २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ मोरङमा प्रत्यक्षतर्फ जम्मा एक सिट जितेको कांग्रेसको यस चुनावमा सिट संख्या बढाएको छ । ६ वटा प्रतिनिधी र १२ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको मोरङमा काँग्रेसले प्रतिनिधि सभा तर्फ यस चुनावमा सिट संख्या बढाएको हो ।

शनिबार रातीसम्म मोरङको प्रदेशतर्फ १२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजानिक भएको छ । प्रतिनिधी सभापतर्m मोरङ क्षेत्र नं. १ को मत परिणाम आउन बाँकी रहेको छ । शनिबारसम्म ५ वटा क्षेत्रको मत परिणाम सार्वजानिक हुँदा प्रतिनिधी सभामा काँग्रेसले २, माओवादीले १, एमालेले १ र स्वतन्त्रले १ सिट हात पारेको छ । परिणाम आउन बाँकी रहेको मोरङ क्षेत्र नम्बर १ मा पनि काँग्रेसले अग्रता लिएको छ । 

यस्तै प्रदेशतर्फ एमाले र माओवादीले २०७४ निर्वाचनमा जितेको सिट संख्या सुरक्षित गरेको छ । काँग्रेसको  एक सिट घटेको छ भने जनता समाजवादी पार्टी (जसपा) ले विगतमा जितेको एक सिट पनि यस चुनावमा सुरक्षति गर्न सकेन । एमालेबाट बिभाजन भएर गएको एकीकृत समाजवादी पार्टीले यस चुनावमा मोरङबाट खाता खोल्न सकेन् । २०७४ मा प्रतिनिधि सभामा एमालेले ३, माओवादीले २ र काँग्रेले १ सिट जितेको थियो । यस्तै प्रदेशतर्फ एमालेले ५, काँग्रेसले ४ माओवादीले २ र जसपाले १ सिट जितेको थियो ।

मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षत्रेको मत परिणाम सार्वजनिक हुँदा  एमालेले ५, काँग्रेसले ५ र माओवादीले २ सिट हात पारेका छन् । मोरङ क्षेत्र नं. २ बाट एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा विजयी भएका छन् । उनले ३३ हजार १४८ मत ल्याए । उनका प्रतिस्पर्धी काँग्रेसकी सुजता कोइरालाले ३१ हजार ९४० मत पाइन् । 

पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतान्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत मतान्तरले पछि पार्दै शर्मा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका छन् । तेस्रो भएकी रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् ।  २०७४ मा शर्मा र ढकाल मोरङ क्षेत्र नं. ३ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला ढकालले शर्मालाई १ हजार ९०७ मतान्तरले पराजित गरेका थिए ।

त्यसबेला ढकालले ४२ हजार ४१३ मत ल्याए भने शर्माले ४० हजार ५०६ मत पाएका थिए । यसपटकको चुनावमा शर्माले ०७४ मा हारेको बदला लिदै फराकिलो मतान्तरले विजयी भएर संसदको ढोका खोल्न सफल भए । 

मोरङ ३ लाई एमालेको गढ मानिन्छ । यसपटक भने यो क्षेत्रमा कांग्रेसले जीत निकालेर इतिहास रचेको छ । मोरङ ४ मा माओवादीले दोहो¥याउन सफल भएको छ । यस क्षेत्रबाट माओवादी केन्द्रका अमनलाल नेकपा एमालेका नेता विनोद ढकालालई पराजित गरेका हुन् । मोदीले ३० हजार ६१२ मत ल्याए विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ढकालले २४ हजार ४६३ मत पाए । 

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएका योगेन्द्र मण्डल जोगीले मोरङ क्षेत्र नंं. ५ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाका उम्मेदवार राजकुमार यादवलाई पछि पार्दै जोगी विजयी भएका हुन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी माओवादीका मण्डलले १७ हजार ४८६ र तेस्रो भएका जसपाका यदावले १७ हजार ३९० मत पाए । 

मोरङ ६ बाट काँग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । उनले फराकिलो मअतन्तरले एमालेका नेता लालबावु पण्डितलाई पछि पार्दै प्रतिनिधी सभा सदस्यमा विजयी भएका हुन् । कोइरालाले ३५ हजार २२४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पण्डितले २२ हजार ९४६ मत पाए ।