धरानको बूढासुब्बा मन्दिरको इतिहास प्रागऐतिहासिक नभए पनि यसको छुट्टै ऐतिहासिकता छ । बूढासुब्बाका आ–आफ्नै मिथकहरू छन् । ती मिथकहरूबारे आ–आफ्नै ढङ्गले व्याख्या गरिएका छन् । केही मिथकमा यो बुद्धिकर्ण रायको समाथिस्थल भन्ने छ भने केही मिथकमा महाभारतका पात्र एकलव्यको समाधिस्थल हो कि भनी उल्लेख छ । केही विद्वानहरू भने कुनै सिद्ध पुरुषको चिहान हो भन्ने मान्ने गरेका छन् । जो किरातसँग सम्बन्धित थिए भन्ने पनि छ । यस्ता अनेकन मिथकहरू जोडिएको बूढासुब्बाको सामारिक महŒव हिजोभन्दा आज बढ्दै गएको छ । बूढासुब्बाले धरानलाई परिचित गराएको छ । धरान मात्रै नभई पूर्वको धार्मिक पर्यटनलाई पनि यसले जोडेको छ । बूढासुब्बा मन्दिरको शैली कस्तो थियो त्यो खोजीको विषय हो । तर, आज यसलाई पुरातŒव विभागले जुन स्वरूपमा ढाल्न खोजिरहेको छ, त्यो चाहिँ महŒवपूर्ण कुरा हो ।

पुरातत्व विभागले यस मन्दिरलाई परम्परागत शैली अर्थात् मौलिक स्वरूपमा ढाल्ने प्रयास गरिरहेको छ । यो एकदमै सह्रानीय कार्य हो । यसले मन्दिरको गरिमालाई मात्रै कायम गर्दैन, भविष्यमा यो एउटा अनुसन्धानको विषय पनि बन्न सक्छ । हिजो बनेका हाम्रा ऐतिहासिक सम्पदाहरूको संरचनालाई अहिले पनि विश्वका नागरिकहरू अध्ययन अनुसन्धान गर्न आइपुग्छन् । त्यस हिसाबले भोलि बूढासुब्बाको संरचनालाई पनि अध्ययन गर्न आउनेको सङ्ख्या बढ्न सक्छ । त्यस मानेमा पुरातत्व विभागको कार्यको खुलेरै प्रशंसा गर्नुपर्छ । हाम्रा मठ मन्दिरहरू, ऐतिहासिक सम्पदाहरूको संरक्षणमा जहिले पनि ध्यान दिनुपर्छ । राज्यले नगरे पनि स्थानीयस्तरबाट त्यस्ता कार्यहरू पनि गरिनुपर्छ । तर, यस कार्यमा विभागले नै चासो देखाएर बजेट विनियोजन गरिरहेको सन्दर्भ सह्रानीय कार्य हो । हाम्रा मठ मन्दिरहरूले धार्मिक हिसाबले मात्रै हैन, पुरातात्वक हिसाबले पनि संस्कृतिका हिसाबले पनि छुट्टै महत्व बोकेका छन् ।

बूढासुब्बा कहिले र कसरी स्थापित भयो यो खोजी हुनुपर्छ । यहाँ कहिलेदेखि पूजा गर्न थालियो ? भन्ने विषय पनि खोजीको विषय हुन्छ । कतिपयले यसलाई सेनकालीन इतिहाससँग पनि जोड्ने गरेका छन् । तर, त्यहीँका पुजारीहरू १७ औं पुस्ता हस्तान्तरण भइसकेको भनाइबाट भने त्योभन्दा पनि अगाडिको इतिहास हो भन्ने बुझ्न सकिन्छ । यो अध्ययन अनुसन्धानको पाटो हो । बूढासुब्बा धरानको सम्पत्ति पनि हो । मठ मन्दिरलाई परम्परागत बनाउने जुन अभियान थालिएको छ, त्यो उत्कृष्ट कार्य हो । तर, विभागले मठ मन्दिरलाई परम्परागत बनाउने नाममा केही त्रुटिहरू पनि गरेको पाइएका छन् । जस्तो मौलिक स्वरूपमा उतार्दा सिमेन्टको प्रयोग गर्नुहुँदैन भन्ने मान्यता हो । किनकि पुरानो सम्पदामा चुना, सुर्खी जस्ता सामग्री प्रयोग गरिएका थिए । कङ्क्रिट हाम्रो संस्कृति होइन । त्यसकारण सिमेन्ट पनि हाम्रो संस्कृति होइन । यो भिœयाइएको संस्कृति हो । विभागले यसलाई पूर्ण निस्तेज गरी पुरानै सामग्रीको प्रयोगमा ध्यान दिनुपर्छ । चुना र सुर्तीको प्रयोगलाई बढावा दिने कार्य गर्नुपर्छ न कि रङरोगन तथा अन्तिम रूप दिँदा मात्रै प्रयोग गर्ने होइन ।