मैले लेखेको ‘सामाजिक विकास, जनसहभागिता र कल्याण’ पुस्तक विमोचन भएको छ । मैले यस पुस्तकमा राज्यबाट पछाडि पारिएका अल्पसङ्ख्यक, शोषित–पीडित र पिछडावर्गका समुदायहरू किन अगाडि आउन सकेनन् र यसको मुख्य कारण के हो भन्ने सन्दर्भहरू उठान गरेको छु ।

जबसम्म राज्यबाट पछाडि पारिएका समुदायहरूको सामाजिक न्याय हुन सक्दैन, तबसम्म समाजको कल्याण हुँदैन । यसका लागि सबैभन्दा पहिले राज्यका हरेक निकायहरू पछाडि पारिएका समुदायहरूको जनसहभागिता हुनु जरुरी छ ।

यो जनसहभागिता जबसम्म हुँदैन तबसम्म समाजको कल्याण गर्नु भनेको बालुवामा पानी खन्याउनु सरह हो किनभने जब हुँदा खानेहरू सङ्गठित हुन थाल्छन् तब राज्यले उनीहरूलाई फुटाउन खोज्छ । यसको माध्यमबाट उनीहरूमाथि शासन गर्ने प्रवृत्ति छ । मैले आफ्नो पुस्तकमा यीनै कुराहरूको चिरफार गर्न खोेजेको छु ।

जबसम्म राज्यका विभिन्न नियुक्तिहरूमा राज्यबाट पछाडि पारिएका समुदायहरू, अल्पसङ्ख्यक वर्गहरू, दुर्बलतामा रहेका वर्गहरूलाई माथि उठाउने प्रयास गरिँदैन, उनीहरूलाई विशेष प्रकारको योजनाबद्ध तरिकाबाट विभिन्न सीपमूलक तालिम दिएर होस् अथवा उनीहरूको बसोबास रहेको क्षेत्रमा कलकारखाना स्थापना गरेर होस् अथवा उनीहरूलाई विभिन्न सहयोग गरेर होस्, राज्यले उनीहरूलाई सहयोग गरेको खण्डमा सामाजिक विकास हुन सक्छ ।

उत्पादन र पुनरुत्पादनको कराहरूमा पनि जोड दिनुपर्छ किनभने अहिलेको वैज्ञानिक युगको जमाना भएकोले उनीहरूलाई नयाँ नयाँ प्रकारले कृषि उत्पादनमा लगाउन सकेमा र विभिन्न घरेलु तथा मझौला उद्योगहरूको तालिम दिन सकेमा ती राज्यबाट पछाडि पारिएका समुदायहरू माथि आउन सक्छन् र उनीहरूको कल्याण हुन सक्छ ।

विगतदेखि नै हाम्रो देशमा एकतन्त्रीय राज्य व्यवस्था थियो । जुन सरकार आए पनि उसले आफ्ना आसेपासेलाई मात्र नियुक्ति गर्ने र केवल राजनीतिक नारा मात्र दिएर अल्पसङ्ख्यक र पछाडि परेका समुदायहरुलाई भोट तान्ने प्रवृत्ति मात्र भएकोले उनीहरूमाथि आउन सकेका छैनन् ।

हामीले उदाहरणका लागि पछिल्लो समय सरकारले गरेको राजदूत नियुक्तिलाई पनि हेर्न सक्छौं । जसमा पछाडि पारिएका समुदायहरू त्यहाँ समानुपातिक प्रतिनिधित्व छैन । त्यसैले विभिन्न विश्वविद्यालयहरूको उपकुलपतिदेखि लिएर विभिन्न राजनीतिक नियुक्तिहरूमा पनि पछाडि परेका समुदायहरूको समावेशिता देखिँदैन ।

यसले प्रष्ट पारेको छ कि नेपालमा सामाजिक न्याय रहेको छैन । सरकारले सामाजिक न्याय गर्न सकेको छैन र अन्य क्षेत्रबाट पनि सामाजिक न्याय हुन सकेको छैन । सामाजिक न्याय भनेको कोरा कागजमा मात्र सीमित गरिएको छ ।

त्यो कोरा कागजमा सीमित रहँदासम्म राज्यको मूलधारमा आउन नसकेका समुदायहरू अगाडि बढ्न सक्दैन । जसले गर्दा समाजको न्याय हुन सक्दैन र समाजका दुईवटा वर्गहरु हुँदा खाने र हुने खाने वर्गहरू बीचमा विभेद रहिरन्छ ।

एलएच मोर्गन थियोरी

मैले लेखेको ‘सामाजिक विकास, जनसहभागिता र कल्याण’ पुस्तकमा एलएच मोर्गनको सिद्धान्तमा पनि समावेश गरेको छु । उनले जङ्गली बर्बरता र सभ्यताको तीनवटा वर्गमा विभाजन गरेका छन् । जब सभ्यताको युग आयो त्यतिबेला मानिसहरू व्यक्तिवादतर्फ उन्मुख भए ।

त्यो व्यक्तिवाद भनेको मैं खाउँ, मैं लाउँ, मै सब सुखशयल गरू, अरू सब मरुन दुर्बलहरू । त्यो स्वार्थी भावनाका कारण मानिसहरू छुट्टाछुट्टै समूहमा विभाजन भए र ती समूहहरूले आफ्नो स्वार्थका लागि गरे जसले गर्दा समाज एउटा वर्ग विभाजनमा देखा पर्यो । 

तिवारी विचारधारा, सामाजिक विकास एवम् सर्वोदय

बाबा राम जनम तिवारीले जीवनको अनेक क्षेत्रमा आफ्नो मौलिक विचार प्रस्तुत गरेका थिए । उनको विचारलाई तिवारी विचारधारा भनिन्छ । उनको तीन वटा प्रमुख स्तम्भ सत्य, अहिंसा तथा धर्म हो । उनको विचारधाराको आधारशीला नैतिकता हो ।

उनी नैतिकताका यति ठूला पुजारी थिए कि अनैतिक वा हिंसात्मक साधनद्वारा मधेशमा आन्दोलन गर्नका लागि तयार थिएनन् । उनको एउटा दृढ विश्वास थियो कि धर्मलाई राजनीतिबाट अलग गर्न सकिँदैन । बिना धर्मको राजनीति मृत्युपास जस्तै हो ।

उनले विभेदरहित समाजमा बढी महत्व प्रदान गर्थे किनकि उनको योजनामा व्यक्ति नै अधिकार एवम् मान्यताको केन्द्रविन्दु हो । कुनै पनि समाजमा जबसम्म उल्लेखनीय प्रगति हुँदैन तबसम्म व्यक्तिको विकासको अवसर उपलब्ध हुँदैन ।

उनको मत थियो कि व्यक्तिको स्वतन्त्रता समाजको परिप्रेक्ष्यमा हेर्नुपर्छ र व्यक्तिको आफ्नो स्वतन्त्रताको प्रयोग समाजद्वारा निर्धारित गरिएको सीमामा गर्नुपर्छ । यसप्रकार बाबा रामजनम तिवारीले व्यक्तिगत स्वतन्त्रतासँगै संयम र अनुशासनमा पनि जोड दिएका थिए ।

शिक्षाको क्षेत्रमा पनि उनले जोड दिएका थिए । उनले शिक्षा यस्तो हुनुपर्छ जसले मानिसलाई जिउने कला सिकाओस् । प्रचलित राज्यको व्यवस्थामा पाइने दोषहरूलाई देखेर उनले समावेशी समानुपातिक राज्य प्रणालीको एक नवीन रूपरेखा प्रस्तुत गरे ।

उनको राजनीतिक आदर्शको अन्तिम रूप सम्पूर्ण तराईलाई एउटा प्रदेश बनाउने, सामाजिक क्षेत्रको अन्तिम लक्ष्य सर्वोदय थियो । सर्वोदय तराई प्रदेशको आधारशिला थियो । उनको विचारमा यदि समाजमा राजनीतिको स्तर स्थानीय भयो भनेव्यक्तिले पूर्ण राजनीतिक एवम् आर्थिक स्वाधिनताको अनुभव गर्दछ ।

यस प्रकार उनले सर्वोदयको लागि एक विकेन्द्रित अर्थ व्यवस्थाको प्रारूप प्रस्तुत गरे । उनी राज्य शक्तिलाई विकेन्द्रीकरण गर्ने पक्षधर थिए । बाबा रामजनम तिवारीले सामाजिक पुनर्निर्माणको लागि सर्वोदय आन्दोलन सुरु गरेका थिए ।

यस आन्दोलनको प्रमुख तत्व समाज सुधार आन्दोलनमा परिलक्षित थियो । काशी प्रसाद श्रीवास्तव जस्ता महान समाज सुधारकद्वारा चलाइएको आन्दोलन सर्वोदयको भावनामा आधारित थियो । तर ग्रामीण पुनर्निर्माणको विचारधारा पूर्णरूपले तिवारीको भावनामा आधारित छ । उनले सत्यको स्तम्भलाई खडा गरे ।

तिवारीजीको भनाइमा राजनीतिक स्वतन्त्रता सामाजिक पुनर्निर्माणको पहिलो कदम हो । तराई स्वराजको अभिप्रायः सर्वोदय समाज स्थापना गर्नु हो । जसमा सबैको कल्याण होस् ।

स्वराजको सम्बन्धमा तिवारीद्वारा चलाइएको रचनात्मक कार्यक्रमसँग सम्बन्धित थियो । यसद्वारा यस्तो समाजको रचना गर्नुथियो । जसमा शोष गर्ने शक्तिको विरोध गर्न सकियोस् । सुरुवातमा सर्वोदयअन्तर्गत निम्न कार्यक्रम सम्मिलित गरिएको थियो ।

उनले आफ्ना समर्थकहरूसँग गाउँमा गएर यी कार्यक्रम चलाउन अनुरोध गरेका थिए । आदिमकालबाट नै मानव यस आशयको अधिक प्रयास गर्दा भौतिक आवश्यकता, बिरामी, मलिनता, निष्क्रियता एवम् अज्ञानता पर रहोस् । उसको जीवनमा सुख एवम् शान्तिको अनुभव हुन सकोस् । कुनै पर उसको सदस्यको एक न्यूनतम इच्छित जीवन प्रदान गर्नको लागी सख आश्वासन दिनको लागि यो आवश्यक छ की समाजको सबै वर्गको विस सकोस् ।

केवल आर्थिक विकास पर्याप्त छैन बरू सामाजिक विकास पनि यो छ । विकासको लागि चेतना, नियोजित एवम् सङ्गठित प्रयास तब मात्र सम्भव छ विकाससँग सम्बन्धित समुचित नीति बनाइन्छ । यसका लागि अपेक्षित नियोजन गरियोस् । दुर्भाग्यवश विकासको महŒवलाई व्यापक रूपले स्वीकार गरिँदा पनि आर्थिक विकासमा बल दिइएको छ ।

यसैगरी अपेक्षित समाज सेवा एवम् समाज कल्याण सेवालाई आयोजित गर्दै सामाजिक विकासलाई प्रोत्साहित गर्नमा मात्र ध्यान दिइएन बरू यसलाई बिस्तारै हिँडाइयो ।

विकास प्रक्रियाको दौरान प्राप्त भएको अनुभव, विशेष रूपले विकासको परिणाम स्वरूप हुनसक्ने लाभको वितरणसँग सम्बन्धित प्रतिपुष्टिको आधारमा यो तथ्य सामुन्ने आएको छ कि विकास यस प्रकार गर्नुपर्छ जसले आर्थिक समृद्धि साथसाथै समाजको सदस्यको व्यक्तित्वको सर्वाङ्गीण विकासको लागि अपेक्षित अवसर उपलब्ध हुन सकोस् । निर्वल एवम् शोषणको सरलतापूर्वक शिकार बन्ने वर्गलाई विशिष्ट प्रकारको संरक्षण हुन सकोस् ।

सामाजिक क्रियामा प्रभावपूर्ण रूपले भाग लिनको लागि उचित कार्यको सर्त एवम् परिस्थितिको निश्चितता गराउन सकियोस् । विकासको परिणाम स्वरूप हुनसक्ने लाभमा मानिसको साम्यपूर्ण हिस्सा मिल्न सकोस् । यसले आर्थिक मात्र होइन बरू सामाजिक असमानता कमभन्दा कम हुन सकोस् ।

सामाजिक विकासको महत्वलाई आज व्यापक स्वीकृति प्राप्त भएको छ । तर यसलाई प्रभावकारी बनाउनको लागि अपेक्षित ज्ञान एवम् निपुर्णताको आज पनि अभाव छ । अल्पविकसित देशको सन्दर्भमा यो भनाइ अधिक प्रभावपूर्ण छ ।

राम्रो सामाजिक विकासको लागि समुचित सामाजिक नीति र समाजकल्याण नीति आवश्यक छ । यस पुस्तकअन्तर्गत सामाजिक नीति, समाज कल्याण नीति, समाज कल्याण नियोजन र सामाजिक विकासको विविध पक्षको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

आशा छ यो पुस्तक सामाजिक विकास, जनसहभागिता र समाज कल्याणमा अभिरुचि राख्न नत निर्धारण, प्रशासक समाज कार्यकर्ताको लागि विशेष रूपले तथा यि क्षेत्रमा आमा राख्ने सबै व्यक्तिको लागि सामान्य रूपले उपयोगी हुन्छ । 

(मधेश दर्पण फिचर सेवा)