श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत ६ गते शुक्रबार, २० मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको द्वितीया तिथि भोलि  ०२ः४७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र रेवती भोलि ०२ः४१ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि  मीन, सूर्योदय ०६ः०७ बजे र सूर्यास्त ०६ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपु¥याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि फाइदा हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विभिन्न भौतिक साधनहरू जुटाउन सकिनेछ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सहयोग जुट्नाले महत्वाकाङ्क्षी काम बन्नसक्छ। काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

व्यापारमा लाभांश बढ्नेछ।केही अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सहयोगीहरूले साथ दिनेछन्। प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ।