धनकुटा/ नेपाल सरकार स्वास्थ्य मन्त्रालयको तत्थ्याङ्गक अनुसार धनकुटामा आईतबारसम्ममा कोरोना संक्रमतिको संख्या १ सय ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार धनकुटामा १ सय १ पुरुष र ३० महिलामा कोरोना संक्रमणको पुष्टी भएको छ । यता स्वास्थ्य कार्यालय धनकुटाको रेकर्डमा भने धनकुटा जिल्लामा कोरोना संक्रमणको संख्या ७५ मात्र पुगेको छ । स्वास्थ्य मन्त्रालयको रेकर्डमा उ्रल्लेख भएको ५६ जना संक्रमित आखिरी को को हुन ? कहाँ छन् ? र कुन अवस्थामा छन् ? भन्ने विषयमा स्वास्थ्य कार्यालय धनकुटा वेखवर छ । न त जिल्लामा कोरोना संकट व्यावस्थापन गर्न निर्मित समिति नै जानकार छ ?

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली नै यस विषयमा अनभिज्ञ छन् । जिल्लाबाट संकलन गरेर पठाइएकाहरुको पोजेटिक रिपोर्ट आएकाहरुको मात्र जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो रेकर्डमा गणना गरिरहेको छ । जिल्ला वाहिर कोरोना पुष्टी भै जिल्ला प्रवेश गर्नेको संख्या प्रशस्त छ, तर त्यो तत्थ्याङ्ग अहिलेसम्म स्वास्थ्य कार्यालयसंग छैन ।

यसरी जिल्ला प्रवेश गरेका संक्रमितहरुको पहिचान गरी थप संक्रमण फैलन नदिनको लागी भुमिका निर्वाह गर्न जिम्मेवारी पाएको निकाय भने यति वेला गह्रैजिम्मेवार वनेका छन् । जसको कारण धनकुटामा कोरोनाको जोखिम वढेर भयावह बन्न सक्ने अवस्थामा पुगेको छ । जिल्लामा रेकर्ड नरहेका ति संक्रमितहरु खुलेआम धनकुटा वजारमा हिडिरहे पनि स्थानिय प्रशासन र सरोकारवाला निकायले अत्तोपत्तो पाउने वाला छैन ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले जिल्लाबाट स्वाव संकलन गरेर पठाएको वाहेक जिल्ला भित्र रहेको अन्य संक्रमितको रेकर्ड आफुसंग नरहेको स्विकार गर्छन् । जिल्लाबाट स्वाव संकलन गरेर पठाएको रेकर्ड मात्र स्वास्थ्य कार्यालयमा रहेको उनी बताउँछन् । उनले जिल्ला स्वास्थ्य कार्यालयको रेकर्ड भन्दा वाहिरका संक्रमितहरु पनि जिल्लामा छन् भन्ने सुनिएपनि कति संक्रमित छन् भन्ने डाटा स्वास्थ्य कार्यालयसंग नरहेको दावी गरे । धनकुटामा पहिलो पटक ०७७ जेठ ४ गते जिल्ला अस्पताल धनकुटाका स्वास्थ्यकर्मी महिलामा कोरोना पुष्टी भएपछि, त्यस पछि कन्ट्रयाक्ट ट्रेसिङ्गको आधारमा जिल्लाबाटै स्वाव संकलन गरी धरान र विराटनगरको ल्यावमा पिसिआर परिक्षण गरिदै आएको थियो ।

जिल्ला वाहिर रहेका धनकुटेलीमा पनि पिसिआर परिक्षण गर्दा अत्याधिक मात्रामा कोरोनो पुष्टी भैरहेको छ । आफुलाई असहज महशुस भै कोरोनाको लक्षणको शंका लागे आफै धरान, विराटनगर गएर त्याहाको ल्यावमा शुल्क तिरेर परिक्षण गराउँदै आएका छन् । यस्ता व्याक्तिहरुको तत्थ्याङ्गक धनकुटामा रेकडेट नहुँदा संक्रमितको संख्या चाडवाडको मौकामा ह्वात्तै वढेको अनुमान सहजै गर्न सकिन्छ ।

यस्तो अवस्थामा जिल्ला स्वास्थ्य कार्यालयले सक्रियता पुर्वक चासो देखाएर संक्रमितको विववरण हेरेर आफ्नो जिल्लाको संक्रमितलाई निगरानीमा राख्न सक्थ्यो तर अहिलेसम्म त्यो काम हुन सकेको छ्रैन । तर त्यस प्रति स्वास्थ्य कार्यालयले समय मै चासो नदिदा धनकुटा जिल्लामा कोरोनाको संक्रमण नियन्त्रण भन्दा वाहिर जान थालेपछि स्थानियवासी चिन्तित् वनेका छन् ।

संक्रमित थपिएको थपिएकै छन्, स्वास्थ्य कार्यालयलाई को कस्लाई संक्रमण भयो पत्तै नभएपछि संक्रमितले स्वास्थ्य सुरक्षाको सावधानी अपनाएको छ कि छैन ? भन्ने विषयको निगरानी कस्ले गर्ने भन्दै प्रश्न गर्दै धनकुटा–७ हुलाकटोलका पुस्तक पसेले तुलसी वाह्रकोटी भन्छन्–धनकुटा भित्र कति संक्रमित छन् र कस्तो अवस्थामा वसेका छन् भन्ने रेकर्ड त स्वास्थ्य कार्यालयसंग हुनु प¥यो नि ? सामाजिक विकास मन्त्रालयको तत्थ्याङ्गकमा धनकुटामा हालसम्म १ सय ५ जनामा कोरोनो पुष्टी भएको रेकर्ड छ ।

प्रदेशको ल्यावमा परिक्षण गराएको २द्द महिला र ८३ पुरुषको कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार धनकुटाका ६१ संक्रमित कोरोनाबाट मुक्त भैसकेका छन् भने बाँकी १३ महिला र ३० पुरुष गरी ४३ जना संक्रमित निको हुनु बाँकी छ । तर ति संक्रमित कहाँ छन् भन्ने रेकर्ड जिल्लामा छैन । श्रोतका अनुसार सामाजिक विकास र स्वास्थ्य मन्त्रालयको रेकर्डमा भएका तर स्वास्थ्य कार्यालय धनकुटाको रेकर्डमा नभएका कतिपय संक्रमितहरु धनकुटा जिल्ला भित्रै रहेका छन् ।

उनीहरु जो संक्रमित छन् उनीहरुले सरकारी निकायलाई जानकारी गराएका छैन्न । ति संक्रमितलाई जिल्लाका सरोकारवालाहरुले चासोको साथ नखोज्दा धनकुटामा कोरोनाको संक्रमण वढेको हो । यता जिल्ला कोभिड–१९ संकट व्यावस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले कोरोना संक्रमितको रेकर्ड सकलन र जोखिम व्यवस्थापनमा कम्जोरी भएको स्वीकारेका छन् ।