लक्ष्मीमार्ग । ‘वफर स्टक’ को नाममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सम्बन्धित व्यवसायीहरूलाई रसायनिक मल नदिँदा किसान मल पाउनबाट बञ्चित बनेका छन् ।

यतिबेला किसानलाई धान, मकै खेतीका लागि युरिया मल आवश्यक पर्छ । तर, साल्ट टे«डिङले माथिको आदेशको नाममा वफर स्टक राख्नुपर्ने भन्दै नदिएपछि किसान समस्यामा परेका हुन् । यहाँ सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्राप्त गरेका छन् । साल्ट ट्रेडिङमा प्रशस्त मल रहे तापनि दैनिक २ सय टनभन्दा धेरै लोडिङ गर्न नसकेको कारणले मलखाद अभाव देखिएको हो । सोमबार बेलवारी ९ डाँगीहाटस्थित भीमसेन बहुउद्देश्यीय सहकारी संस्थाले ल्याएको एक सय बोरा युरिया मल किन्न १५ किलोमिटर टाढाबाट किसानहरू साइकलमा आएका थिए ।

तर उनीहरू घर रित्तै फर्केका थिए । सहकारीका मल बिक्रेता दीपककुमार श्रेष्ठले भने, ‘२० किलोको दरले किसानलाई दिन तयार गरिएको युरिया मल, किसानको भीड बढ्दै गएपछि १५ किलोको दरले दिने योजना बनाइयो, त्यो पनि नपुग्ने अवस्था भएपछि १० किलोको दरले दिँदै थियौँ, लकडाउन अवधिमै हजारौको संख्यामा भीड भएपछि स्थानीय प्रहरीले भीड नियन्त्रण गर्नुप¥यो ।’ बीस वर्षदेखि रसायनिक मलको व्यापार गर्दै आएका श्रेष्ठले भने यस्तो भीड कहिले पनि नभएको बताए । लकडाउन अवधिमा भीड बढी देखिएपछि तत्कालका लागि पसल बन्द गर्न लगाएको प्रहरी चौकी डाँगीका प्रमुख सानुराम कार्कीले बताए ।

२ बोरा युरिया मल खरिद गर्न भाउन्ने बाट आएका ध्रुव निरौलाले १० किलो पनि नपाएर रित्तै फर्कनु परेको गुनासो गरे । मकैमा एक महिना अघीनै मल हालीसक्नु पथ्र्यो, अहिले मकैमा धानचमरा आईसक्यो अझै मल पाईएन । मलको चाहारीमा धेरै ठाँउ पुगेको तर मल नपाएको उनले बताए । निरौला जस्तै बेलवारी ४ का टेक बहादुर कार्की र बेलवारी १० की कविता बस्नेतले पनि मल नपाएकोमा निरास भएको बताए ।

बेलवारी ९ का वडाअध्यक्ष नगेन्द्र खड्काले भने “अधीकांस किसान भएको यस ठाँउमा किसानले पर्याप्त रसायनीक मल पाएकोमा आफु दुखी रहेको र यो समस्यालाई लिएर पटक पटक बिभिन्न निकायमा अनुरोध गर्दा पनि हाल सम्म पर्याप्त मल ल्याउन नसकेको बताए । उनले भने मेयर साबले पनि यो बिषयलाई गम्भीरता पुर्वक लिनुभएको छ सायद यो समस्या मुख्यमन्त्रीलाई पनि जानकारी गराईसक्नु भयो होला ।

धान तथा मकै उत्पादन गर्न प्रयोग गरिने युरिया मलको अभाव भएपछि किसान उत्पादन घट्ने भन्दै चिन्तित छन् । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पाउन नसक्दा समस्या झेल्नुपरेको हो ।

“कृषि सामग्री संस्थान बिराटनगरमा अझै करिव २७० टन युरीया मल मौज्जात छ तर त्यो वफर स्टक राख्नुपर्ने भन्दै विक्री नगर्न माथिको आदेश आएको छ” कृषि सामग्री संस्थान बिराटनगरका प्रमुख राजेन्द्र कार्कीले बताए । कार्कीले भने “देशमा करिब ७ लाख मेट्रिक टन रसायनीक मलको आवश्यकता छ तर ३ लाख ५० हजार मेट्रिक टनको लागी मात्र बजेट छुट्टिने गरेकोले पनि मलको अभाव भएको हुनसक्छ” ।

साल्ट ट्रेडिङ बिराटनगरको गोदाममा अझै २ हजार मेट्रिक टन र नेसनल ट्रेडिङ बिराटनगरमा पनि २ हजार मेट्रिक टन युरिया मलको मौज्दात रहेको साल्ड ट्रेडिङ कार्पोरेसन लिमिटेड बिराटनगरका प्रमुख राधेश्याम चौधरीले बताए । उनका उनुसार हाल दैनिक रुपमा १०/११ वटा सहकारीलाई मल दिईरहेको उनले बताए । औषतमा दैनिक २ सय टन मल विक्री भईरहको र प्रत्येक सहकारीले २००देखी २५० बोरा सम्म मल लगीरहेको प्रमुख चौधरी बताउछन् । उनले भने कृषि सामग्री संस्थानलाई ७० प्रतिशत मल आउने र साल्ट ट्रेडिङलाई ३० प्रतिशत मात्र मल आउने गरेको बताउछन् । प्रमुख चौधरीले भने प्रसस्त मल रहेतापनि दैनिक २०० टन भन्दा धेरै मल लोडिङ गर्न नसकेको कारणले मलखाद अभाव देखिएको हो ।