यासोक । पाँचथरको कुम्मायक गाउँपालिका ५ का इन्द्रबहादुर खतिवडाले दश वर्षदेखी कुखुरा फर्म संचालन गर्दै आएका छन । स्वदेशमै केही गर्ने उदेस्यले विगत लामो समयदेखि बोइलर जातका कुखुरा खतिवडाले पाल्दै आएका छन । उनले संचालन गरेको व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका थिए । तर अहिले उनको व्यवसाय जोखिममा परेको छ ।
उनको फर्ममा ४ सयबढि कुखुरा छन । लक डाउन भएको महिनौं भयो । एकातिर दानाको अभाव भने अर्को तर्फ बजारको समस्याका कारण व्यवसाय नै जोखिममा परेको उनले सुनाए । उनि भन्छन् दाना नहुदा कुखुरा खोरमै मर्ने अवस्थामा पुगेका छन । खोरमै मरेको हेर्नु भन्दा खाल्डो खनेर नष्ट्र गर्न उचित ठाने ।
तर लाखौं रुपैयाँ फसेको छ । बरु एक पटक दानाको लागि पहल गर्छु भन्ने लाग्यो । लामो प्रयास पछि जिल्ला प्रशासन कार्यालयले अनुमती दिएपछि केही दिनको लागि कुखुराको दाना त जुट्यो । तर कहिलेसम्म यसरी पुर्याउने भन्ने चिन्ता लागेको छ खतिवडाले भने ।
पाँचथरको ग्रामिण क्षेत्रमा कुखुरा पालन गर्दै आएका किसान लक डाउनको समस्याले प्रभावित भएका छन । बैङक, वित्तिय संस्था र साहुबाट ऋिण लिएर व्यवसाय गर्दै आएका किसान नोक्सानमा परेका छन । गाउँमा बिक्री हुदै आएको दर रेट भन्दा पनि कम रेटमा कुखुरा बेच्दा नोक्सान खेप्नु परेको उनिहरुको गुनासो छ । कुखुरालाई चाहिने दानाको अभाव छ । कही कतै पाइयो भने पनि महंगोमा खरिद गर्नु पर्छ कुम्मायक गाउँपालिकाका अर्का किसान रामकुमार निरौलाले बताए ।
उनको फर्ममा बोइलर जातका ४ सय ५० बढि कुखुरा छन । तर बजार र दानाको अभावका कारण नष्ट्र हुन लागेको उनले बताए । आफुले गरेको लगानी बालुवामा पानी जस्तै भएको छ । लिलामी बेच्छु भन्दा बिक्री हुन छोडेको यस्तो अवस्थामा के गर्ने प्रश्न गर्दै उनले भने ।
जिल्लामा पोल्ट्री फर्म संचालन गर्ने किसानको आकषर्ण बढ्दै गएको छ । धेरै संख्यामा व्यवसाय गर्दै आएका किसानले लक डाउनको समस्या झेल्न बाध्य भएका छन । यस्तो बेला स्थानीय, प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने उनिहरुको माग छ ।