उर्लाबारी/ पुर्खौैली पेशालाई निरन्तरता दिँदै आएका उर्लाबारीका एक युवाले माछा व्यवसायबाट मनग्गे आम्दानी गर्नुको साथै अन्य समुदायलाई समेत सोही पेशा लगानी मैत्री वातावरण निर्माण गरेका छन् ।

बाल्यकालमै बुबाको असमायिक निधनपछि हजुरबुबा र आमाको सहयोगगर्न बाध्यत्मक परिस्थितिले व्यवसायका पछि लागेका उर्लाबारी–६ का चन्दनकुमार सहनी दुई दशकपछि माछा व्यवसायका क्षेत्रमा उदीयमान व्यवसायीका रूपमा स्थापित भएका छन् । स्थानीय राधिका माध्यमिक बिद्यालयमा कक्षा–१० सम्मको अध्ययन गरेका सहनीलाई करोडौंको आयात निर्यातकोअनुभवले पनि व्यवसायमा दर्विलो बनाएको छ ।

दुई दशकअघि संयुक्त परिवार एक मात्र सहाराका रूपमा रहेका बुबाको निधनपछि सो परिवारको गाँस बास र कपासको व्यवस्थापनको जिम्मेवारी काँधमा आएका कारण हजुरबुबा र आमाका पछि दगुर्दा दगुर्दै परिस्थितिले आफूलाई पराम्परागत व्यवसाय अँगाल्न बाध्य बनाएको चन्दन बताउँछन् ।

“सहनी” जातिले परापूर्वकाल देखि नै माछा खरिद तथा बिक्री गर्ने पुर्खौली पेशा सञ्चालन गर्दै आएका छन् । उक्त पेशालाई समय सापेक्ष परिवर्तन गरी चन्दनले आयात निर्यात गर्नुका साथै एक वर्षअघिदेखि आफ्नै फर्मबाट समेत माछा उत्पादन समेत गर्दै आएका छन् ।

उनी सहितको ११ जना स्थानीयहरूको संयुक्त लगानीमा मोरङको पथरी क्षेत्रमा दुई विगाह क्षेत्रफलमा ५ करोडको लगानीमा माछा उत्पादनको क्षेत्रमा समेत आत्मनिर्भरताको विकल्पमा जुटेका छन् । स्थानीय क्षेत्रमा सानो लगानीमा दीर्घकालीन समयसम्मको लागि आफैले उत्पादन गर्दा हुने माछा व्यवसाय समेत छिमेकी देश भारतसँग हुने निर्भरतालाई घटाउने अभियानमा लागेको बताउँदै चन्दनले आप्mनो फर्मले पहिलो वर्ष नै २० प्रतिशत निर्भरतामा कमी ल्याएको दाबी गरेका छन् ।

सो पेशामा पूर्णरूपमा लागेका चन्दनले आफ्ना परिवारका १० जनाको पालन पोषणसहित समुदायका ५० जनालाई समेत स्वरोजगार बनाएका छन् । चन्दनले दैनिक विगतका वर्षहरूमा भारतको कलकत्ताबाट १० हजार केजी आयात गरी मोरङका उर्लाबारी, रङ्गेली, कर्सियासहितका एक दर्जन केन्द्रबाट प्रति केजी २ सय रुपैया“का दरले थोक बिक्री गर्दै आएको बताएका छन् । उक्त माछा सर्वसाधारण उपभोक्ताले प्रतिकेजी २ सय ५० देखि ३ सय रुपैया“सम्ममा खरिद गर्दै आएका छन् । गत वर्षदेखि आफ्नोसमेत लगानी भएका पथरी र रतुवामाईको सोमबारेमा भएका दुईवटा फर्मबाट सरदर २ हजार केजी उत्पादन हुन थालेपछि भारतबाट आउने माछामा क्रमिक रूपमा कमी हुन थालेको चन्दनको भनाइ रहेको छ ।

आफ्ना सबै परिवारसमेतलाई पुर्खौली पेशामा लगाएका चन्दनले दुई दशकको अवधिमा ५ करोड रुपैया“ केही बैङ्कबाट ऋण लिएर लगानी गरेको र व्यवसाय अत्यन्तै प्रतिस्पर्धा र चुनौतीका बिच गरेको बताएका छन् । बुबाको अनुपस्थितिमा बुबाले देखेको माछा बिक्री गर्ने पुर्खौली पेशालाई निरन्तरता दिएका चन्दनले केही वर्षमा सरकारले माछा उत्पादनको क्षेत्रमा सहज किसिमबाट लगानी गरेमा आफनै देशमा अग्र्यानिक माछामा आत्मनिर्भर पार्ने योजना रहेकोउनले बताएका छन् ।

शिक्षामा पछाडि परेको उक्त समुदायका अधिकांशले पुर्खौली पेशा (माछा बिक्री) अगाल्दै आएका छन् । चन्दनले स्वस्थ्यका लागि अन्य मासुका तुलनामा राम्रो हुने बताउँदै आर्थिक व्यय भारसमेत कम पर्ने भएकाले माछा उपभोग गर्न सबैमा आग्रह गरेका छन् । शुन्य पुँजी भएका सहनीले दुई दशकको अवधिमा उर्लाबारी क्षेत्रमा ५ करोड ४० लाख मूल्य बराबरको घडेरी आर्जन गर्नुको साथै केही माछा उत्पादन गर्ने कृषि फर्महरूमा समेत लगानी गरेको बताएका छन् ।