पश्चिमा सञ्चारमाध्यमहरूले औपचारिक स्रोतको हवाला दिँदै कोरोना भाइरस चीनमा देखापरेको र वुहानको सामुद्रिक बजार (सामुद्रिक खानाहरू पाइने ठाउँ) यसको उद्गम थलो भनेर एकदम छिटो प्रचारमा ल्याए ।
वास्तवमा यसको उद्गमस्थल कहाँ हो भन्ने कुरा अज्ञात नै थियो तर अहिले आएर जापान र चीनका रिपोर्टहरूले यो भाइरसको उद्गमस्थल सर्वत्र, बहुक्षेत्रीय हिसाबले वुहानको बजारको जानकारीपछि मात्र चारैतिर फैलिन थालेको भनिएको छ ।
खासगरी भन्ने हो भने चीन र जापानका सञ्चारमाध्यमका समाचारअनुसार यो भाइरसको उद्गमस्थल अमेरिका नै हुनसक्छ । चीनमा जिनोमको नमूना सङ्कलनपछि चिकित्सा अनुसन्धानकर्ताहरूले पहिलोपल्ट यो भाइरस सामुद्रिक बजारमा फैलिएको होइन तर थुप्रै अपरिचित स्रोतहरू भेटिएको र त्यसपछि सामुद्रिक बजार हँुदै सर्वत्र फैलिएको भनेर निचोडको रूपमा प्रस्तुत गरेका छन् ।
चिनियाँ चिकित्सा अधिकारीहरू र खुफिया एजेन्सीहरूले त्यसपछि तीव्र रूपमा चारैतिर भाइरसको उद्गम थलोको खोजी कार्य शुरु गरे र त्यसका लागि ४ महादेशका १२ मुलुकहरूबाट विविधता र उत्परिवर्तनको पहिचान गर्दै १ सय वटा नमूना सङ्कलन गरे । सो अनुसन्धानबाट उक्त भाइरस नोभेम्बरको शुरुमै वुहानमा भएको सैनिक अभ्यासको केही थोरै पछि भएको निक्र्यौल गरिएको छ । त्यसपछि उनीहरूको उस्तैखालको स्वतन्त्र निष्कर्ष सरह जापानी अनुसन्धानकर्ताहरूले पनि सो भाइरस चीनबाट शुरु नभई चीनबाहिरबाट त्यहाँ परिचित गराइएको निष्कर्ष दिएका छन्् ।
चीनका वरिष्ठ श्वास–प्रश्वासविज्ञ जोङ नानसानले गत जनवरी २७ मा भनेका छन्, ‘कोभिड–१९ चीनमा पत्ता लागेको भए तापनि यसको अर्थ यसको उद्गमस्थल चीन नै भन्ने हुँदैन । तर यसको उद्गमस्थल कुनै ठाउँ अर्थात् कुनै अरू मुलुकमा भएको हुनुपर्छ ।’
यो कोर्सले कोरोना भाइरसको वास्तविक उद्गम थलो कहाँ हो भन्ने प्रश्न उब्जाएको छ । यदि अनुन्धान अधिकारीहरूले १२ देशको जिनोमको १ सयवटा नमूनाको विश्लेषणको निष्कर्ष स्वीकारेका हुन् भने उनीहरूले त्यसो भए यो भाइरसको उद्गम स्रोत चीनबाहिर खोजी गर्नुपर्ने भन्ने बाध्यात्मक कारण उपस्थित भएको भन्न सकिन्छ ।
टिभी आशाई कर्पाेरेशन अफ जापानले अमेरिकी भूमिमा अनियन्त्रित भएको भाइरसलाई नियन्त्रण गर्न असफल भएको समाचार प्रस्तुत गरेको छ । फेब्रुअरी १४ मा युएस सेण्टर फर डिजिज कण्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार लस एञ्जेल्स, सानफ्रान्सिस्को, सियाटल, सिकागो र न्यूयोर्कका सार्वजनिक स्वास्थ्य प्रयोगशालामा व्यक्तिहरूमा इन्फ्लुएञ्जाजस्तो बिरामीमा कोरोना भाइरस हुन सक्ने सम्भाव्यताको परीक्षण गर्ने भनेको थियो ।
अमेरिकाले कि चाहिँ परीक्षणमा बेवास्ता गरेको वा परिणाम सार्वजनिक गर्न चुकेको दाबी गर्दै टिभी आशाई नेटवर्कले आफ्नो दाबीको पुष्टिका लागि वैज्ञानिक प्रमाणहरू प्रस्तुत गरेको थियो । जापानले प्राकृतिक विरुद्ध मानवनिर्मित र भवितव्य विरुद्ध स्वभाविक प्रश्नहरूप्रति निषेध गर्दै सरल हिसाबले कोरोना भाइरस अमेरिकाबाट उत्पत्ति भएको हुनसक्छ भनेको छ । पश्चिमा अनलाइन पोर्टलहरूले सूचना लुकाएको देखिन्छ भने चिनियाँ सञ्चारमाध्यमहरूले भने अहिलेसम्म सोही कुरालाई सन्दर्भ बनाई समाचार जारी राखेका छन् ।
जब चीनको वुहानमा गत अक्टोबरमा विश्व सैनिक अभ्यास भयो, त्यसबेला नै विदेशी स्रोतबाट यो भाइरस वुहानमा सरेको दाबी अहिले चीनका सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।
‘सम्भवतः अमेरिकी प्रतिनिधिहरूबाट कोरोना भाइरस वुहानमा आएको हुनुपर्छ र भाइरसहरूमा अत्यन्तै विषाक्त र सर्वत्र देखापर्ने गरी उत्परिवर्तन भएको हुनुपर्छ ।’ (पिपुल्स डेली, २३ फेब्रुअरी २०२०)
विश्वभरिका भाइरोलोजिष्ट (भाइरसविज्ञ) र खुफिया एजेन्सीहरूले भाइरसको उद्गम थलो खोजिरहेको उल्लेख गर्दै चीनले पनि यसका लागि आफ्नो ढोका बन्द नगरेको कुरा साङ्घाई फुडान विश्वविद्यालयका प्राध्यापक चेन यीले व्यक्त गरेका छन् ।
ताइवानी भाइरोलोजिष्ट भन्छन्, ‘कोरोना भाइरसको उद्गम थलो अमेरिका हो । फेब्रुअरी २७ मा ताइवानमा सञ्चालित टिभी कार्यक्रममा प्रस्तुत डायग्राम र ग्राफहरूमा कोरोना भाइरसको उद्गम थलो अमेरिका भनिएको छ । ताइवानका प्रख्यात वरिष्ठ भाइरोलोजिष्ट र फार्माकोजिष्टले यो भाइरसका बारेमा लामो र गहिरो अनुसन्धान गरे । उनको मुख्य दाबी के हो भने ताइवानमा देखिएको प्रकारको भाइरस अष्ट्रेलिया र अमेरिकामा मात्रै छ र ताइवानमा कुनै अष्ट्रेलियनबाट सरेको छैन, यो सङ्क्रमण अमेरिकाबाट आएको हुनसक्छ । पश्चिमा सञ्चारमाध्यमहरूको चीनलाई केन्द्रित गरेर सम्प्रेषण गरेका अनगिन्ती समाचारका कारण विश्वले नै कोरोना भाइरसको सङ्क्रमण चीनबाट अरू मुलुकमा फैलिएको विश्वास ग¥यो तर, अहिले आएर यो गलत साबित भएको छ ।
भाइरोलोजिष्टले अगाडि के भन्छन् भने अमेरिकामा हालसालै पल्मोनरी फिब्रोसिस (मुटुको समस्या) २ सयवटा घटना छन्, जसको परिणाम बिरामीले सास फेर्न नसकेर मृत्यु हुनु हो र जसको अवस्था र लक्षण पल्मोनरी फिब्रोसिसको हो भन्न सकिँदैन । उनले एक लेख लेखी अमेरिकी स्वास्थ्य अधिकारीहरूलाई ती मृत्यु कोरोना भाइरसबाट भएको मान्न सूचित गरेका छन् । तर उनीहरू चाहिँ यो रोगको कारण ईसिगरेटलाई दोष लाउँछन् र छलफल गर्नुप¥यो भने चुप बस्छन् । ती ताइवानी डाक्टर भन्छन्, ‘हामीले अवश्य पनि सेप्टेम्बर २०१९ लाई हेर्नुपर्छ ।’
उनले भनेका छन्, ‘सेप्टेम्बर २०१९ मा जब जापानीहरू अमेरिकाको हवाई गए र फर्कंदा सङ्क्रमित भएर फर्किए, जो चीनमा कहिले गएका छैनन् । यो भनेको चीनमा सङ्क्रमण हुनु २ महिनै अगाडिको कुरा हो र त्यसको लगत्तै युएस सेण्टर फर डिजिज कण्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले फोर्ट डेट्रिकको जैविक हतियार प्रयोगशाला प्याथोजिन भाइरसको नोक्सानी रोक्ने सुविधाहरूको अपर्याप्तताको कारण देखाउँदै बन्द ग¥यो । जापानी भाइरोलोजिष्टहरूको पनि उस्तै निष्कर्ष रहेको छ । कोरोना भाइरस अमेरिकामा पहिल्यै नै फैलिइसकेको हुनुपर्छ तर जब लक्षणहरू आधिकारिक रूपमा अरू रोगहरूको भनियो अनि यसलाई ढाकछोप गरेको हुनुपर्छ । चीनको प्रख्यात चिनियाँ न्यूज वेभसाइटले अमेरिकामा एक महिलाको आफन्त फ्लुको कारण मृत्यु भएको भनेर फिजिसियनले भन्यो तर मृत्यु प्रमाण–पत्रमा मृत्युको कारण कोरोना भाइरस भनेर लेखिएको पाइन् भन्ने उल्लेख गरेको छ ।
स्रोतः globalresearch.ca