श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर ३ गते बुधबार, १९ नोभेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको चतुर्दशी तिथि १०ः०३ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र स्वाती ०८ः१६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः२७ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । दिगो काम सुरु गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति नमिल्दा कामको योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य–चिन्ताले सताउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।चिताएको काम रोकिन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काममा हतार नगर्नुहोला। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ । व्यवहारमा सजग रहनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। पारिवारिक मतभेदले व्यवधान निम्त्याउला।
































