इटहरी/ टर्की (चरा) पालन व्यवसायमा इटहरीका केही युवाहरू सक्रिय भएर लागेका छन् ।
नयाँ व्यवसाय थालनी भएकाले पनि टर्की चरा हेर्नैका लागि उनीहरू कहाँ धेरै जना पुग्ने गर्छन् । नयाँ र फरक व्यवसाय टर्कीबाट राम्रै आम्दानी हुन थालेको उनीहरू बताउँछन् । महाविर कृषितथा जडीबुटी प्रालि नाम दिएर युवाहरूले व्यवसाय शुरु गरेका हुन् । व्यवसायको घर–परिवार, साथीभाइ सबैले खुलेरै प्रशंसा गर्ने मात्र नभई साथ र सहयोग दिन थालेका छन् । प्रालि का व्यवसायीमध्येका सदस्य दिनेश राईले चल्ला उत्पादन गरी बजारमा बिक्री गरिसकेको बताए ।
१२ देखि १५ केजीसम्मको उत्पादन लिन सकिने टर्कीको मासुमा चिल्लोपना अत्यन्त कम हुने भएकाले बिक्रीका लागिबजारको समस्या नभएको उनी बताउँछन् । स्थानीय स्तरमा यसको मासुको कमै महŒव रहे पनि पोखरा, काठमाण्डौजस्ता ठूला शहरमा यसले राम्रो बजार पाएको छ । मोरङबाट चल्ला लिएर टर्की पाल्न शुरु गरेका राई भन्छन्,–‘अहिले हामी यो व्यवसायमा उत्साहित रूपमा लागेका छौं । टर्कीको चल्ला प्रतिगोटा ५ सय रुपैयाँका दरमा बिक्री हुने गरेको उनी बताउँछन् ।
उनले टर्कीलाई ६ देखि ९ महिनासम्म पालेपछि मासु खानका लागि उपयुक्त हुने जानकारी दिए । एक वर्षमा पूर्ण रूपले मासुका लागि तयार हुने पंक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाएर पाल्ने गरेको उनले बताए । उच्च रक्तचाप, मधुमेह, युरिक एसिडजस्ता रोगका बिरामीलाई पनि टर्कीको मासु खान उत्तम मानिन्छ । टर्कीको मासुमा बोसोको मात्रा कम हुने भएकाले कम चिल्लो हुने भएकाले यसको माग उच्च रहेको समेत उनी बताउँछन् । बजारमा टर्कीको मासु प्रतिकिलो एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको राईले बताए ।
‘अहिले पनि चल्लाको माग ज्यादै धेरै छ । मागअनुसार दिन सकिएको छैन’ उनी भन्छन् । टर्की, तित्रा र कर्णकनाथ कुखुरा स्याहारसुसार गर्दै भेटिएका सम्भर राईले यो व्यवसायले उत्साहित बनाएको बताए । टर्कीले बढी हरियो घाँस खान खोज्ने उनको भनाइ थियो । दानापानी र घाँस खाने भएको कारण पाल्न पनि त्यती धेरै मेहेनत नभएको उनी बताउँछन् । चिसोको मौषममा चल्ला बचाउन भने समस्या हुने उनको भनाइ थियो ।
कर्णननाथ मोह
अहिले बजारमा कर्णकनाथ कुखुराको माग समेत उच्च छ । कर्णकनाथ कालो कुखुरा माग समेत अहिले बढ्दै गए पछि पाल्न थालेको बताए । उत्पादित कुखुराको माग स्थानीय बजारमा नै उच्च रहेकाले मागअनुसार आपूर्ति गर्न भ्याइनभ्याइ रहेको उनले बताए ।
आफ्ना उत्पादनको बजार अवस्था राम्रो देखेकाले व्यवसायलाई अझ फराकिलो बनाउँदै लैजाने सोचमा रहेको उनी बताउँछन् । कालो कुखुरामा आइरन, भिटामीन र खनिज तत्व बढी मात्रामा पाइने भएकाले यसको माग बढ्न थालेकाले पनि व्यवसायबाट मनग्य आम्दानी गर्न सफलभएको बताउँछन् । टर्कीसँगै अहिले भर्खरै बजारमा माग बढ्न थालेको कालो कुखुराको पनि चल्ला बेच्न शुरु गरेका छन् । उनी भन्छन अहिले टर्कीको मासु तयारी प्रति केजी ८ सय रुपैयाँ र कालो कुखुरा (ब्ल्याकचिकन) को मासु प्रति केजी एक हजार रहेको छ । स्वास्थ्यको लागि पनि उपयोगी, खान पनि मिठो भएपछि माग बढेको छ ।
त्यसैले पनि नेपालमा नै बसेर केही गर्न सके लाखांै आम्दानी गर्न सकिन्छ भन्ने उदहारण राई पनि एक हुन् । काम र दामको खोजीमा शिक्षित युवा खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा घर परिवारसँगै बसेर अर्थोपार्जन गर्न लाग्नु पर्ने उनको सुझाव छ । आफ्नै देशमा केही गरौ भनेर व्यवसायमा होमिन उनको आग्रह छ ।