इटहरी/ सानो टिनाले छाएको छानो, भित्तामा विभिन्न थारू संस्कृति झल्काउने आकृतिहरूले सजावट गरिएको कोठाहरू हेर्दा नै रमाइलो छ । त्यो मात्र हैन त्यहाँ पाउने थारू परिकारहरू थारू समुदायमा मात्र नभई अन्य समुदायमा समेत लोकप्रिय छन् ।

थारू परम्परा र संस्कृति जोगाउन रामधुनीकी सीता थरुनी अहिले तम्सिएकी छिन् । लामो समय एनजिओमा काम गर्दै आएकी थारुनी अहिले थारू परिकारले चर्चित बनेकी छिन् । ग्रामीण क्षेत्रमा पर्यटन विकास र थारूहरूको इतिहास कायमै राख्न घुँगी थारू भिलेज सञ्चालन गर्दै आएकी छिन् । लोकल कुखुराको मासु, माछा, घोंगी, परेवाको सुप बगिया, चिचिरीको भात र सिजन अनुसारका अरू परिकार चाख्न पनि विहान देखि नै भिजेलमा भीडभाड हुने गरेको छ । थरुनी भन्छिन् म थारूको संस्कृतिलाई जगेर्ना गर्दै व्यवसाय गर्नलाई होमिएकी छु ।

थारू समुदायको धेरै बस्ती भएको झुम्कामा समुदायको संस्कृति विस्तारमा सहयोग पु¥याएको उनी भन्छिन् । थारू समुदायको मौलिक खाना मनिने घुँगी हाँस र परेवाको सुपको व्यापार बढ्दै गएको छ । थारू परिकार सबैले मन पराएकै कारण व्यवसायलाई थप बढाउँदै लैजाने थरुनी बताउँछिन् ।

उनी भन्छिन्– श्रीमान् सत्यनारायण चौधरी घरमा हाँस कुखुरा पाल्छन् म यहाँ ल्याएर बेच्छु थरुनी भन्छिन् । पछिल्लो समय घुँगी खान रुचाउनेमा थारू मात्र छैनन् । अन्य समुदयले समेत घुँगी र हाँस र परेवाको मासु खान थालेका छन् । थारू परिकारका रूपमा लिइने घुँगीको व्यापार अहिले थारू समुदाय मात्र नभई पहाडी समुदाय सम्म दिल खोलेर खान लागी परेका छन् ।

पहिले थारूले मात्र खाने एक प्रकारको खाना हो भन्थे,’ उनले भने, ‘हामीले मेला महोत्सवमा मात्र प्रर्दशन गर्दथ्यौें । अहिले होटल नै खोलेपछि ग्रहकलाई समेत पु¥याउन सकेका छैनौ,’ उनले भनिन् ‘मासिक रूपमा १ लाख ५० हजार सम्म कमाउँछु उनले भनिन् । थारू समुदायको नयाँ वर्ष अर्थात् माघीमा चिचिरी भातसँग घुँगी खाने चलन भएको बताइन्छ । घुँगी खानाले क्याल्सियम पाइने तथा हड्डीको समस्या ठिक हुने विश्वास छ ।

घुँगी खाएपछि शरीर दुखेको, मर्केको, भाँचिएको समेत ठिक हुने उनीहरूको विश्वास छ । हामीलाई शरीर दुखेको, शरीरका हड्डी दुख्दा ठिक हुन्छ,’ उनले भने, ‘मैले ढाड दुख्दा, हात खुट्टा मर्किदा घुँगी नै खाएर ठिक पार्ने गरेको छु । हामस्टेले थारू समुदायमा लोप हुने अवस्थामा रहेको कला संस्कृतिको संरक्षण हुने अपेक्षा लिएको गाउँका अगुवाहरू बताउँछन् ।

होम स्टेको तयारी
एक वर्ष अगाडि थारू समुदायलाई केन्द्रित गरी खुलेको होटलमा अहिले बस्नको लागि पनि व्यवस्था गरिने थरुनीले बताइन् । स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यटनका माध्यम बाट समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले स्थापना गर्ने लागेको बताए । अहिले महिनाको ४ पटक धु्रमा नाज (जटाजटी) नाज समेत देखाउन थालेको बताइन् । पछिल्लो समयमा लोप हँुदै गएको संस्कृतिलाई जगेर्ना गर्ने अभियानमा आफूहरू लागी परेको उनले बताइन् ।

अहिले धरान, इटहरी, विराटनगर, धनकुटा, झापादेखिका पर्यटकहरू यहाँ खान आउने गरेको थरुनीको भनाइ छ । यसलाई थप बढाउँदै माछाको सेकुवा र मटन सेकुवा समेत बनाउँदै लौजाने बताइन् ।

आधा दर्जनलाई रोजगारी
सामान्य आफ्नो रोजगारीको लागि खोलिएको भिलेजमा अहिले आधा दर्जन भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । स्थानीय महिलाहरूलाई प्रथामिकतामा राखेर व्यवसायमा कर्मचारी राखेको बताइन् । ४ जना महिला र २ जना पुरुषलाई प्रत्यक्ष रोजगारी दिएको छ । आर्गनिक परिकार बनाउँदै खुवाइने बताइन् ।

पुराना परिकार नयाँ पुस्ताले बिर्सिंदै छन् । युवापुस्तामा थारू परिकार बनाउने चलन हराउँदै जान थालेकोमा जानकार चिन्तित छन् । यहाँ यतिबेला थारू युवायुवती मोडल यसलाई जीवन्त राख्न लागि परेका छन् ।