उदयपुर/ सडकको पहुँचसँगै सिन्कौलीले राम्रो बजार भाउ पाउन थालेपछि कृषकहरू व्यावसायिक खेतीप्रति आकर्षित भएका छन् । रौतामाई गाउँपालिकाको विभिन्न गाउँ बस्तीका कृषकहरूले अन्नबालिको साटो सिन्कौली रोप्दै व्यावसायिक खेतीप्रति आकर्षित भएका हुन् ।
पालिकाको धोद्रे, खानीडाँडा, ढाँड, जगरे, गुराँसे, चुचेआँप, फलामे, दुर्कुचुङ, मझौले, बाछाला, बोलुङ्खा, सल्ले, चिसापानी, मलबाँसे, पुवारे आसपासका क्षेत्रका कृषकहरू व्यावसायिक सिन्कौली खेतीप्रति आकर्षित भएका हुन् ।
थाप्लोको भरमा सिराहाको लाहानमा पु¥याएर रुपैयाँमा विक्री हुने सिन्कौलीले रौतामा सडक पुगेपछि राम्रो मूल्य पाउन थालेको स्थानीयहरू बताउँछन् । सिन्कौलीको भारी नाम्लोको सहारामा थाप्लोमा बोकेर लाहान पु¥याएर १०÷१२ रुपैयाँमा बेच्ने गरेको जेष्ठ नागरिक नैनबहादुर राईले बताए ।
जेष्ठ नागरिक राईले भने “रौतामा सडक आएपछि गाउँघरमा घाँस स्याउला नत्र त्यत्तिकै सढेर गइरहेको सिन्कौलीले राम्रो मूल्य पाउन थालेको हो ।, हाम्रो पालामा थाप्लोको भरमा लाहानसम्म पु¥याएर बेचेको थियौँ । त्यसपछि गाईघाटमा पनि धेरै बेच्यौँ ।, अहिले गाउँ नजिकै राम्रो मूल्यमा विक्री हुन थालेपछि गाउँघरमा सबैले सिन्कौली खेत गर्न थालेको छ ।”
नुन लिनको लागि सिन्कौली बोकेर तीन दिनको बाटो लाहानसम्म लगेर बेचेको अनुभव जेष्ठ नागरिक राईले सुनाए । त्यसपछि गाईघाटमा बजार लाग्न थालेपछि त्यहाँ पनि बेचेको उनले सुनाए । गाउँ नजिकै राम्रो मूल्यमा विक्री हुन थालेपछि गाउँमा आर्थिक सङ्कटमा केही सुधार आएको उनले बताए ।
सिन्कौलीको बाक्लो पात भएको डाला भाँचेर सुकाएर मसिनो मुठा बाँधेर दुई पटिबाट भाटाको सहारामा भारी बनाउने चलन हराउँदै गएको ज्येष्ठ नागरिक राईले बताए । थाप्लाको भरमा बोक्दा त्यस्तो गरिन्थ्यो । तर, अहिले पात सुर्केर बोरामा खाँद्नुपर्ने चलन आएकाले केही सजिलो भएको छ । जुन कोकेर लादाँ बाटोमा भारी बिग्रने डर हुँदैन उनले भने ।
सडक सञ्जालसँगै सिन्कौलीले केही बजार पाएपछि कृषकहरू उत्साहित भएर मकै, कादो र धान रोप्दै गरेको खेत बारीमा सिन्कौलीको विरुवा रोप्न थालेकाले गाउँघरको खेत बारीमा सिन्कौलीले ढाकि सकेको कृषक कमलबहादुर राईले बताए । सिन्कौलीले उचित मूल्य नपाए पनि बजार पाउँदा स्थानीयको चामल खाने बाटो बनेको उनले बताए ।
गरिब जुन तीन महिना खान पुग्ने परिवारहरूले अरूको बटीया (आधा(आधा) मा सिन्कौली भाँचेर बेचेर पनि घरको छाक टार्ने गरेका छन् । सुन्तला हुनेको सुन्तलापछि आर्थिक स्रोतको एउटा गतिलो स्रोत बन्दै गएकाले कृषकहरू आकर्षित भएको कृषक राईले बताए । खेत बारी बाहेक पाखो भित्तामा समेत सहज रूपले सिन्कौली हुने भएकाले यसको खेती गर्न पनि सजिलो भएको उनले बताए ।
विरुवा रोपेको ४÷५ वर्षदेखि त्यसको डाला भाच्न मिल्छ । जुन त्यसले आम्दानी दिन थाल्ने गरेको कृषक राईले बताए । लाहान र गाईघाटसम्म थाप्लोमा बोक्नु पर्ने बाध्यता हटेको छ । नजिकै विक्री वितरण हुन थालेपछि गरिब कृषकहरूलाई ठूलो राहत मिलेको उनले बताए ।
अहिले गाउँमा ४०÷५० हजारदेखि डेढ दुई लाखसम्म सिन्कौलीबाट मात्रै आम्दानी लिदै आएको कृषकहरुले बताएका छन् । स्थानीय उत्पादनले उचित मूल्य नपाए पनि गरिब कृषकहरूको भोक टार्न एउटा गतिलो स्रोत बनेको छ । बसै कुराको भाउ बढ्दा सिन्कौली लगायतका स्थानीय स्तरमा उत्पादन भएको वस्तुको पनि भाउ बढ्नु पर्ने कृषकहरू बताउँछन् ।
सिन्कौली कम्तीमा नि चालमसँग प्रति केजी बराबर हुनु पर्ने कृषक राईले बताए । चालमको भाउ बढ्दा सिन्कौलीको भाउ बढ्दैन । बरु करिब ८ वर्ष एक रेट रहेको सिन्कौलीको भाउ विभिन्न बहाना बनाएर घटाउने प्रयास भएको छ । स्थानीय स्तरमा उत्पादन भएको कृषि जन्य वस्तुको सरकारले मूल्य निर्धारण गर्नुपर्ने उनले बताए ।
सिन्कौली कछाड एरियामा हुने एक प्रकारको मध्यम रुख हो । यसलाई विभिन्न औषधि बनाउन प्रयोग गिरिन्छ भने एक विशेष मसलाको रूपमा पनि प्रयोग गर्दै आएको कृषक अमृत राईले बताए । सिन्कौलीको घाँस नखाने भएकाले विक्री नहुँदा केही काम नलाग्ने उनले बताए ।
सिन्कौलीको पात सुर्केको प्रति केजी ४० रुपैयाँ पुगेपछि कृषकहरूले धमाधम खेत बारीमा विरुवा रोप्न थालेको कृषक राईले बताए । खेतबारीमा रोपेको सिन्कौलीले उत्पादन दिन थालेको छ । वर्षेनी भाँच्न नमिल्ने भएकाले एक वर्ष एक बोट अर्को वर्ष अर्को बोट भाँच्नु पर्ने उनले बताए ।
मकै, कोदो भन्दा दोबर, तेबरको चौबर बढी आम्दानी सिन्कौलीले दिन थालेपछि मकै, कोदोको साटो सिन्कौली रोपेको कृषक राईले बताए । सिन्कौलीले विक्री हुन थालेपछि गाउँका गरिब कृषकहरूको भोक टार्न दरिलो आयस्रोत बनेको छ । घरमा चालम सकिँदा विहान सिन्कौली बोकेर बेच्न जाँदा दिउँसोको छाक टार्न सहज भएको उनले बताए ।
पछिल्लो समयमा आएर गाउँलेहरू परम्परागत पेसालाई केहि परिवर्तन गर्दै नगदे बाली प्रति आकर्षित हुँदै गएको स्थानीय सीताराम राईले बताए । व्यावसायिक सिन्कौली र सुन्तला खेति प्रति कृषकहरू उत्साहित हँुदै गएको उनले बताए ।
दरिलो आयस्रोतको माध्यम बनेपछि सुन्तला नहुनेले अनिवार्य रुपमा सिन्कौली व्यावसायिक खेती गर्दै आएको छ । दुवै हुने दुवै व्यावसायिक खेती गर्दै आएको छ । कृषकहरूले पाखा भित्तामा पनि सिन्कौली हुने भएकाले बारिमा सुन्तला भित्तामा सिन्कौलीसमेत रोप्र्दै आएको स्थानीय राईले बताए ।
उक्त क्षेत्रमा सुन्तला, सिन्कौली, अम्लिसो, बाँस प्रसस्तै पाइन्छ । तर, अहिले सुन्तला र सिन्कौलीले मात्रै बजार पाएको स्थानीय राईले बताए । अम्लिसो र बाँसले अझै बजार पाउन नसकेको उनले बताए ।
सिन्कौली एउटा दिगो मुख्य आम्दानीको स्रोत बन्दै गए पनि यसको उचित मूल्य सरकारले तोक्नु पर्ने कृषकहरू बताउँछन् । ठेकेदार अनुसारको भाउ हुने भएकाले कृषकहरू मारमा परेको दुखेसो पोखेका छन् । गतवर्षसम्म पात सुर्केको सिन्कौली प्रति केजी ४० रुपैयाँको दरले विक्री हँुदै आए थियो । बढ्नुपर्नेमा झन् घट्दै यस वर्ष ३८ रुपैयाँ केजीले विक्री हुन थालेको कृषकहरूले बताएका छन् ।
सम्बन्धित निकायले यसको बजारीकरण गर्नुका साथै सही मूल्य तोक्नुपर्ने जरुरी देखिन्छ । स्थानीय स्तरबाटै आर्थिक सुधार गर्न सके मात्रै समृद्धिको लक्ष्य भेटाउन सकिन्छ ।