नेपालमा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु भइरहँदा कुन प्रदेशमा कति पर्यटकहरू नेपालमा आउँछन् भन्ने कुनै अनुमानित प्रक्षेपण छैन । र, पनि हामी ‘नेपाल भ्रमण वर्ष २०२०’ उत्सवको रूपमा सफल बनाउन लागिपरेका छौं । अहिलेसम्मको पर्यटकहरूले रुचाएको क्षेत्र भनेको उपत्यका(काठमाडौं, भक्तपुर र ललितपुर), पोखरा, लुम्बिनी, चितवन, मनाङ, मुस्ताङ र सोलु नै हुन् । 

यी बाहेक अन्य क्षेत्रमा पर्यटक पुगेका छन् भने निकै कम वा आक्कलझुक्कलमा पुगेका हुन् भनेर मान्नुपर्छ । हामीले उत्सवको रूपमा मनाउने निर्णय गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ यिनै स्थानहज्ञको वरिपरि नै रहने कुरामा दुईमत छैन । यद्यपि, पर्यटकको परिभाषामा नपरेको पर्यटकहरूलाई माथि उल्लेखित क्षेत्रबाहेकका स्थानमा स्वागत गर्ने सके स्थानीय स्तरमा ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रस्थान बिन्दु बन्न सक्छ । त्यसका लागि अहिले नै छलफल र बहस गर्न आवश्यक छ । कमसेकम पासपोर्ट नबोक्ने पर्यटकलाई स्थानीय क्षेत्रमा स्वागत गर्न सफल भयौं भने मात्र पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को औचित्यलाई आप्mनो कोणबाट योगदान दिन सक्छौं । तर, प्रश्न त जीवित छ, हामीले पर्यटक निम्त्याउन धरानमा उल्लेख्य त्यस्तो के गर्न सक्यौं त ? आधुनिक धरान (वि.सं. २०४६ साल पछि )को शुरु भएको घोषणा गर्ने हो भने यो प्रश्नको जवाफ आज पनि पाउन मुस्किल छ ।

अहिलेसम्म धरानले पर्यटकहरूलाई ‘धरान किन आउने ?’ भनेर बताउन सकेको छैन । यसका साथै धरान पर्यटनको केन्द्र हो कि पर्यटकीय क्षेत्र हो ? यस बारेमा उत्तिकै अन्यौल छ । यद्यपि, यो बेला धरानले पर्यटक निम्त्याउन धरान ‘गन्तव्य स्थान’ किन हो भन्ने चिनाउन आवश्यक छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ धरानको परिचय स्थापनाका लागि सुवर्णअवसर हुन सक्छ । र, यही मेसोलाई टेकेर धरानले आप्mनो विशेषता पहिचान गर्न सक्नुपर्छ । धरानले आप्mनो पहिचान नदिएसम्म पर्यटक किन आउने ? के का लागि आउने ? भन्ने कुरा प्रश्न स्वाभाविक रूपले उठ्छ ।

यसैगरी धरानले निम्त्याउने पर्यटक (आन्तरिक वा बाह्य) हरूको स्तर, चिन्तन र शैलीबारे पनि पूर्वानुमान गर्न आवश्यक छ । यो निश्चित छ कि धरानले अहिले नै पासपोर्टवाहक पर्यटक भिœयाउने सपना नदेखे पनि हुन्छ । किनकि, धरानसँग भौतिक पूर्वाधार र स्थानीय स्तरमा पर्यटनसम्बन्धी चेतनाको अभाव छ । तसर्थ, अहिलेलाई धरानले पर्यटक निम्त्याउन स्थानीय स्तरमा पाइने विशेषतासँग जोड्न सक्नुपर्छ । धरानमा निम्त्याउन सकिने पर्यटकमा मुख्यगरी आन्तरिक पर्यटक नै हुन् । सम्भावित बाह्य पर्यटकमा भारतको विहार, पश्चिम बङ्गाल, उत्तरप्रदेशका पर्यटकहरू पर्छन् । यी आन्तरिक तथा बाह्य पर्यटक निम्त्याउन उनीहरूको क्षेत्रमा नभएको तर धरानमा भएको वा धरानलाई आधार बनाएर अनुभूत गर्न सकिने विशेषतालाई स्थापित गर्न जोड दिन सक्यौं भने साँच्चै नै हामी पर्यटन क्षेत्रमा एक खुट्किलो अगाडि बढ्न सक्छौं ।

स्थानीय स्तरमा रहेको होम स्टेलाई स्थानीय सरकारले सम्बोधनमात्र गरिदिने हो भने पनि आन्तरिक पर्यटनलाई हौसला मिल्न सक्छ । अझ, व्यापक रूपमा धरानमा पर्यटक निम्त्याउने हो भने धरानले आपूmलाई आन्तरिक पर्यटकका लागि तयार गर्ने हो कि बाह्य पर्यटकका लागि ? यस विषयमा मानसिक रूपले धरान तयार हुनुपर्छ । स्थानीय सरकार पर्यटन वर्ष मनाउन योजनाविहीन भएको अवस्थामा अहिलेसम्म पर्यटकलाई व्यवस्थापन गर्दै आएको भनिएको निजी क्षेत्रले नै बढी चलायमान हुनुपर्ने देखिएको छ । धरानले पर्यटन प्रवद्र्धन गर्न वा पर्यटक निम्त्याउन आन्तरिक र बाह्य पर्यटको चरित्र र प्रवृत्तिलाई मिहिन ढङ्गले अध्ययन गर्न आवश्यक छ । आन्तरिक पर्यटक निम्त्याउन जुन शैली प्रयोग गरिन्छ, बाह्य पर्यटकलाई त्यही शैलीले नछुन सक्छ । तसर्थ, दुई फरक पर्यटकको मनोविज्ञानलाई आकर्षित गर्न तत्कालिन कार्यनीति बनाउन सकियो भने दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्न सक्छ ।

धरानले आन्तरिक पर्यटक (विशेषगरि शहरी क्षेत्र झापा, मोरङ, इलाम, सिरहा, सप्तरी, जनकपुर) लाई प्रभाव पार्न मूल रूपमा धार्मिक, सांस्कृतिक वा प्राकृतिक वातावरणलाई जोड दिन सक्छ । झापा, मोरङ र इलामका भौगोलिक संरचनालगायत समाजिक मनोविज्ञान पनि लगभग धरानसँग मिल्ने भएकाले यी क्षेत्रका पर्यटकहरूलाई साहसिक खेल पर्यटनमार्पmत धरानले जोड्न सक्छ । सो क्षेत्रमा साहसिक खेल (¥याप्mिटङ, पाराग्लाइडिङ) को अभाव छ । यसैगरी सप्तरी, सिराहा र जनकपुरसम्मका पर्यटकहरूलाई धार्मिक, सांस्कृतिक तथा साहसिक खेल पर्यटनसँग जोड्न सकिन्छ । यसको ज्वलन्त उदाहरण भेडेटारलाई लिन सकिन्छ । सो क्षेत्रमा होम स्टे गर्दा निश्चित रकम तिरेर स्थानीय रूपमा बसोबास गर्दै आएका समुदायको हुर्रा नृत्यको आनन्द लिन सकिन्छ ।

धरान आफैमा भौतिक पूर्वाधारको कमी भएकाले पर्यटकीय क्षेत्र हुने सम्भावना कम नै होला । यद्यपि, धरानलाई पर्यटकीय केन्द्र बनाउन सकेमात्र पनि पर्यटन प्रवद्र्धनमा धरानको योगदान हुने देखिन्छ । धरानलाई केन्द्र बनाएर धार्मिक रूपले विजयपुर, विष्णुपादुका र वराहक्षेत्रको प्याकेज बनाएर प्रस्तुत गर्न सक्ने अवस्था छ । यसैगरी धरानलाई नै केन्द्र बनाएर साहसिक खेल पर्यटन (¥याप्mिटङ, पाराग्लाइडिङ) तथा जलयात्रालाई पनि प्याकेज बनाउन सकिन्छ ।

वैशाखे पूर्णिमा दिनदेखि पन्ध्र दिनसम्म हुने किरात राई समुदायको साकेला नृत्यलाई पनि सांस्कृतिक उत्सवसँग जोड्न सकियो भने पनि पासपोर्ट नबोक्ने पर्यटकहरुलाई धरानमा निम्त्याउन सकिन्छ । तर, अहिले धरानमा पर्यटन प्रवद्र्धनका लागि के भइरहेको छ भन्ने विषय नै स्थानीय स्तरसम्म आइपुगेको छैन । यस्तो अवस्थामा होटल गजुर धरानले इकाइमामात्र भए पनि भिजिट मधेससँग आप्mनो विशेषता साटेर पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरेर धरानमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुवात गर्नु सुखद विषय बन्यो ।
[email protected]