विजयपुर । गृहमन्त्री सुदन गुरुङले कसैप्रति प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन् ।
शनिबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेसँगै उनले फेसबुकमा प्रतिशोध नभई न्यायको सुरुवात भएको प्रतिक्रिया दिएका हुन् । उनले कानुनभन्दा माथि कोही पनि नरहेको जनाउँदै पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । गृहमन्त्री गुरुङले फेसबुकमा ‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ’ लेखेका छन् ।






























