विजयपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन जलाउने योजनाकारलाई कारबाही गर्न माग गरेका छन् । उनले फेसबुकमार्फत राज्यका सर्वोच्च निकाय जलाउने योजनाकारलाई पनि कारबाहीको माग गरेका हुन् । उनले फेसबुकमा ‘केपी ओली र रमेश लेखकलाई कारबाही होस् तर भदौ २४ गते सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवन जलाउने योजनाकार र त्यो कृत्य गर्ने अगुवाहरूलाई पनि कारबाही हुनु पर्छ !’ लेखेका छन् । भदौ २३ गते राज्यको दमनका कारणले मानवीय क्षति भएको थियो भने २४ गते राज्यका प्रमुख निकायका भवन तथा निजी व्यवसायिक भवनमा आगो लगाइएको थियो । भदौ २४ गतेको घटनामा प्रमुख योजनाकार हालका गृहमन्त्री सुदन गुरुङ भएको आरोप लाग्दै आएको छ ।