विजयपुर । गुण्डुस्थित निवासबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी नेतृत्वको टोलीले ओलीलाई नियन्त्रणमा लिएको हो ।सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका थिए। शनिबार ओलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो। ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उनले बताए। रासस






























