विजयपुर । पूर्व गृहमन्त्री रमेश लेखक निवासबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइँदैछ । लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट केहीबेर अघि प्रहरीले पक्राउ गरेको हो ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ को घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सुदन गुरुङ गृहमन्त्री बनेलगत्तै रातभर सुरक्षा निकायसँग छलफल गरेका थिए । सरकारसँग प्रहरीले लिखित आदेश माग गरेको थियो ।






























