विजयपुर । नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला चयन भएका छन् ।

शुक्रबार सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्तौला अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ, सचिवमा नसीम अन्सारी, सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन भएका छन् । त्यस्तै, कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएका छन् । यसैगरी सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा चयन भएका छन् । नयाँ कार्यसमितिले आगामी कार्यकालमा फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । नेपाल फोटो पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नवीन गड्तौलाको अध्यक्षता तथा कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो ।