इटहरी/ इटहरी २० तरहराका दुई दाजुभाइ आफ्नै देशमा आत्मनिर्भर हुन तम्सेका छन् । लामो समय विदेश बसेर फर्किएका दाजुभाइ स्वदेशमै ढाका टोपी उद्योग खोलेर व्यावसायिक रूपमा उद्योग शुरु गरेका छन् । आफ्नै ठाउँमा व्यवसाय गरेर देश विदेशमा उत्पादन पु¥याउने उद्देश्यका साथ ढाका टोपी उद्योग शुरु गरेको उनीहज्ञ बताउँछन् ।

१० वर्ष सम्म कोरियामा मजदुरी गरेर फर्केका होमबहादुर खड्का र भारतीय आर्मीका सुविदार तेजबहादुर खड्का अहिले आफ्नै ठाउँमा व्यवसायमा जम्ने सोचले उद्योग शुरु गरेको बताउँछन् । लामो समय विदेशमा बसेको अनुभवले अहिले आफ्नै घरमा व्यवसाय शुरु गरेको बताए । अहिले नै ढाका टोपी र अन्य चौबन्दी चोलीहज्ञको माग बढेको उनीहरू बताउँछन् ।

कोरियामा लामो समय बस्दा आफ्नै देशमा केही गरौं जस्तो लागेर व्यवसाय शुरु गरेको बताउँँछन् होमबहादुर । अर्काको देशमा मजदुरी गर्नुभन्दा आफ्नै देशमा केही गरौं भन्ने सोचका साथ लाहुरे ढाका टोपी उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ । अहिले बजारमा मागसमेत निकै भएको भन्दै व्यावसायिक रूपमा उद्योगलाई राम्रो बनाउँदै लौजाने बताए ।

स्वदेशमै गरिने उद्यम र कमाइ जीवनभरलाई हुन्छ भन्ने भनाइलाई आत्मसात गर्दै विदेशबाट फर्केर उद्योग सञ्चालन गरेको भारतीय आर्मीको सुविदार समेत रहेका तेजबहादुर बताउँछन् । अहिले पनि आफू जागिरे नै भए पनि घरमा भाइले व्यवसाय सम्हाल्र्दै गर्छन् म पनि पेन्सन भए पछि आएर यही व्यवसाय सम्हाल्छु उनले भने ।

देशमा भन्दा पनि विदेशमा ढाका टोपीको महŒव धेरै भएको कारण अहिले आफूहरू यो व्यवसायमा लागेको उनी बताउँछन् । भारतमा पनि टोपीको महŒव धेरै छ । त्यस कारण मलाई यही व्यवसाय गर्ने मन लाग्यो उनले थपे । नेपाली टोली लगाउने परम्परा हराउँदै गएको कारण परम्पराको जगेर्ना गर्ने उद्देश्यले व्यवसाय गरेको उनको भनाइ छ ।

टोपी नेपालको राष्ट्रिय पोसाक पनि हो । ढाकाटोपीले नेपाली जातीको पहिचान झल्काउँछ । नेपालीले राष्ट्रिय टोपी दिवस मनाएका छन् । ढाकाको विविधिकरण गरि धेरै किसिमका वस्तुहरू निर्माण भए तापनि ढाका टोपीको महŒव भने घटेको छैन । युवापुस्तामा ढाका टोपीको क्रेज बढाउन पनि व्यवसायमा लागेको दुई दाजुभाइ बतबाउँछन् ।

अहिले ११ वटा तान राखेर ढाकाको टोपी लगायत कपडाहरू बुन्ने काम भइरहेको उनीहरूको भनाइ छ । स्थानीय महिलाहरूलाई तालिम समेत दिई तान बुन्ने काम शुरु भएको उनीहरू बताउँछन् । ४० वटा तान राखेर कपडा बुन्ने लक्ष्य लिएको उनीहरूको भनाइ छ ।

इटहरी २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले युवाहरूले गरेको यो उद्योग सञ्चालनले वडामा उत्साह थपिएको बताए । विदेशमा बसेर मात्र देशमा समृद्धि नहुने भन्दै युवाहरू आफ्नै देशमा व्यवसाय गर्नु उदाहरणीय भएको उनको भनाइ थियो । व्यवासायमा लाग्ने युवाहरूलाई स्थानीय सरकार प्रत्साहन गर्ने लागि परेको उनको भनाइ थियो । जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढाका कपडा बुन्ने र ढाकाको तयारी पोसाक समेत निर्माण हुन आफैमा राम्रो कुरा हो उनले भने ।

सांस्कृतिक दृष्टिकोणले भिन्नै महŒव बोकेको ढाका टोपी कुनै बेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोसाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ । ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसित पनि जोडिएको पाइन्छ । धार्मिक कार्यको दौरान निदार तथा शिर खाली राख्नु हुन्न भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्यपश्चात् ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपी दौरा सुरुवालका साथमा माथमा लगाइने गरिन्छ । ढाका टोपी नेपालीहरूको जातीय र राष्ट्रिय पोसाक पनि हो ।