भण्टाबारी/ सुनसरीको भण्टाबारी नाका हुँदै चारमहिनाको अवधिमा भारतबाट साढे ७६ करोड बराबरको कृषि तथा बिरुवाजन्य वस्तु आयात गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिकभन्दा २४ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७५÷०७६ सालको पहिलो चौमासिकमा ५१ करोड ८६ लाख ८० हजार ९७० रुपैयाँ बराबरको कृषि तथा बिरुवाजन्य वस्तु आयात गरिएकोमा आर्थिक वर्ष २०७६र०७७ सालको पहिलो चारमहिनाको अवधिमा ७६ करोड ५३ लाख ४ हजार ८० रुपैयाँ बराबरको कृषि तथा बिरुवाजन्य वस्तु भारतबाट आयात भएको छ । यो गत आर्थिक वर्षको पहिलो चौमासिक भन्दा २४ करोड ६६ लाख २३ हजार ११० रुपैयाँ बढी हो ।

चारमहिनामा ४९ हजार ३४२ दशमलव ८३ मेट्रिकटन कृषि तथा वस्तुजन्य वस्तु आयात भएको क्वारेन्टिन कार्यालय भण्टाबारीले जनाएको छ । भारतबाट साउन महिनामा २२ करोड १३ लाख ३२ हजार ४२० रुपैयाँ बराबरको १४ हजार ७२० दशमलव ११ मेट्रिकटन कृषिजन्य बस्तु आयात भयो भने भदौ महिनामा २२ करोड ८२ लाख ५८ हजार ८८५ रुपैयाँ बराबरको १४ हजार ४४९ दशमलव ६८ मेट्रिकटन नेपाल भित्रिएको छ । यसैगरी असोज महिनामा १७ करोड ७४ लाख १५ हजार ९१० रुपैयाँ बराबरको ११ हजार ३२१ दशमलव ६८ मेट्रिकटन कृषि तथा बिरुवाजन्य वस्तु आयात भएको छ भने कार्तिक महिनामा १३ करोड ८२ लाख ९६ हजार ८६४ रुपैयाँ बराबरको विभिन्न बिरुवा तथा बिरुवाजन्य वस्तुहरू भारतबाट आयात भएको क्वारेन्टिन कार्यालय भण्टाबारीले जनाएको छ ।

भारतबाट आयात हुने वस्तुहरूमध्ये ८० प्रतिशत आलु र प्याज भएकोमा दुईमहिनादेखि भारतले प्याज निर्यात रोकेको क्वारेन्टिन कार्यालय भण्टाबारीका निमित्त प्रमुख बाली संरक्षण अधिकृत सन्तोष प्रकाशले बताए । भारतले प्याज रोकेपछि बढीमात्रामा आलु नेपाल भित्रिने गरेको उनले बताए । भारतबाट आलुसँगै भण्टाबारी नाकाहुँदै धान,गहुँ,मकै,काँचो केरा, स्याउ,अनारलगायतका कृषि तथा बिरुवाजन्य वस्तु नेपाल आयात हुने गरेका छन् । सिजनअनुसार आँप, परबल, भेडे खुर्सानी, सयपत्री फूलसमेत भारतबाट आयात हुने गरेको उनले बताए ।

कृषिप्रधान देश भनिए पनि आलु, प्याजसहितका कृषिजन्य वस्तुको उत्पादन बढाउन सरकारले ल्याएका विभिन्न कार्यक्रम प्रभावकारी नहुँदा भारत वा अन्य तेस्रो देशबाट आयात गर्नुपरेको जानकार बताउँछन् । फागुनदेखि भदौमहिनासम्म मासिक रूपमामा औसत चार सयको हाराहारीमा कृषि तथा बिरुवाजन्य वस्तु लिएर भारतबाट गाडी आउने गरेकोमा हाल दुई सयको हाराहारीमा गाडी आउने गरेको प्रकाशले बताए । नेपालमा नभएको रोग किरा भारत वा अन्य देशबाट भित्रिन नदिने काम क्वारेन्टिन कार्यालयको भएको बताउँदै उनले भने त्यसको लागि आवश्यक साधनस्रोत रहेको बताए । क्वारेन्टिन कार्यालयलाई थप सुदृढ बनाउन प्रयोगशालामा चाहिने सामाग्री युरोपियन फण्डबाट व्यवस्थापन गर्ने तयारी भइरहेको प्रकाशको भनाइ छ ।

यसैबीच कोशी गाउँपालिका वार्ड नम्बर ८ भण्टाबारी र कोशी ब्यारेज क्षेत्रका एजेन्ट तथा व्यापारीहरूले विषादी परीक्षण समेत क्वारेन्टिन कार्यालयबाटै हुनुपर्नेमा माग गरेका छन् । क्वारेन्टिन कार्यालय भण्टाबारीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । विषादी परीक्षण गराउन जोगबनी जादा आउँदामै ताजा फलफूल कुहिने गरेको बताउदै कोशी ब्यारेजका शमिम शेखले विषादी परीक्षण समेत क्वारेन्टिन कार्यालयबाटै हुनुपर्नेमा माग गरे । उनले भने फलफूल समयमै गोदाममा पु¥याउनुपर्छ, ढिलो भयो भने गाडीमै कुहिने गरेको छ । जोगबनीमा भएजस्तै भारतको भीमनगरमा पनि विषादी परिक्षण गर्न क्वारेन्टिन कार्यालय खोल्न नेपाल सरकारले पहल गर्नुपर्ने शेखको भनाइ छ ।