सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे विराटनगरका पर्यटन तथा अन्य व्यवसायीहरू यसो भन्छन् :-


भीम घिमिरे (अध्यक्ष, उद्योग सङ्गठन मोरङ)

प्रदेश १ मा आउने पर्यटक भनेको भारतको पश्चिम बंगाल, सिक्किम, विहार,उत्तर प्रदेश र भुटानबाट आउने हुन् । त्यसो भएकाले त्यहाँका सरकारलाई यता पर्यटक पठाउन अनुरोध गर्नुप¥यो । भारतबाट आउने गाडीलाई नेपालमा हेर्ने दृष्टिकोण नै फरक रहेको छ । त्यसको लागि पनि सुधार गर्नुपर्ने हुन्छ । उनीहरूलाई यहाँ आउँदा सहज वातावरणमा बनाई दिनुपर्ने हुन्छ । भारतीयलाई गर्ने व्यवहार पनि हाम्रोमा ठीक छैन । त्यसलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ । पर्यटक सत्कार बारेमा सम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई तालिमलगायतको व्यवस्था गर्नुपर्ने हुन्छ । अहिले जोगवनीको पुल बिग्रिएर आवत जावतमा समस्या भइरहेको छ । त्यस्तो असहज अवस्थाको समाधान गर्नुपर्ने हुन्छ । पर्यटकले बस्ने होटल पनि सुलभ सरसफाई सहितको हुनुपर्छ ।


सुजन थापा (अध्यक्ष, विराट व्यापार संघ)

हाम्रो प्रदेशमा आउने पर्यटकमा मुख्य भनेको भारतीय नै हुन् । तर,भारतीय नेपाल आउने बित्तिकै ‘ह्या¥यास’ गर्ने गरिन्छ । उनीहरू प्रति गर्ने हाम्रो व्यवहार नै परिवर्तन गर्नुपर्छ । जसरी हामीलाई भारत जाँदा एक पटक गाडी जाँच गरिसकेपछि अन्यत्र गरिँदैन । त्यस्तै उनीहरूको लागि पनि व्यवस्था गर्नुपर्छ । त्यसको लागि बरु अलग्गै चिन्ह राख्ने व्यवस्था मिलाउन सकिन्छ । बोर्डर पार गरेर नेपाल प्रवेश गर्ने वित्तिकैदेखि उनीहरूलाई अलग्गै व्यवहार गर्ने गरिन्छ त्यसमा परिवर्तन ल्याउनुपर्छ । ट्राफिक, प्रहरी, चालकलगायतको व्यवहार परिवर्तन गराउनु अति आवश्यक छ । नेपालमा भारु बोक्ने सीमा तोकिएको छ । त्यसले उनीहरूलाई खर्च गर्न रोक्ने गरेको छ । जोगवनीबाट धरान नपुग्दै उनीहरूको खर्च गर्ने अवस्था कम भइसकेको हुन्छ । यसतर्फ पनि सरकारले ध्यान दिन आवश्यक छ ।


फणीन्द्र अधिकारी (संयोजक, प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन
मुलसमारोह व्यवस्थापन उप–समिति)

सङ्घीय सरकारले प्रदेश १ मा १६ वटा पर्यटन गन्तव्यको सूची सार्वजनिक गरेको छ । त्यसका अलावा पनि प्रदेशमा धरै पर्यटकीय स्थल रहेका छन् । जानकारीमा भएका र नभएका प्रर्यटक स्थल छन् । तिनको ब्राण्डीङ गर्नुपर्ने हुन्छ । त्यस्ता पर्यटकीय स्थलको आधारभूत सुधार गर्नुपर्ने हुन्छ । त्यस्ता स्थलहरूमा खाने,बस्ने,सान्ति सुरक्षा,यातायात लगायतको बारेमा ध्यान दिनुपर्ने हुन्छ । त्यससँगै त्यहाँ आतिथ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । यस्ता विषयहरूको राज्यले पहिचान गरेर सम्बोधन गर्नुपर्ने हुन्छ । जसले पर्यटकलाई हाम्रो प्रदेशमा ल्याउन सहज हुन्छ । भौतिक पूर्वाधारको काम यसै वर्षमा सम्भव हँुदैन । कम्तिमा हामीले त्यस्ता स्थानको पहिचान गरेर प्रचार प्रसार गर्नुपर्ने हुन्छ । यस वर्षमा हाम्रो प्रदेशका पर्यटकीय स्थलहरू सम्बन्धी प्रचार प्रसार सामग्री तयार गरेर बाहिर ल्याउन सक्यौं भन आउने समयमा सहज हुनेछ । त्यसै गरी तत्काल सम्भव नहुने विषयलाई बहुवर्षीय योजनामा लैजानुपर्छ ।


भविष श्रेष्ठ (संयोजक, प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन धार्मिक तथा
सांस्कृतिक पर्यटक उप–समिति)

प्रदेश १ ले पर्यटन वर्ष २०२० लाई भव्य रूपमा शुभारम्भ गरेको छ । प्रदेशमा धेरै धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरू छन् । यससँगै अन्य पर्यटकीय स्थल पनि रहेका छन् । हाम्रा ठाउँहरूको प्रचार प्रसारमा कमी रहेको छ । अहिले हामीले प्रचार प्रसारलाई जोड दिनुपर्ने हुन्छ । छिमेकी देश भारतका तीनवटा धेरै जनसङ्ख्या भएका प्रान्त जोडिएका छन् । हाम्रो प्रदेशको हिमाल अरू प्रदेशले बेचिरहेका छन् । हाम्रोमा १५/२० लाख भारतीय पर्यटक आइरहेका छन् । उच्च क्वालिटीका खर्चालु तथा विविधतापूर्ण पर्यटक भित्राउनुपर्ने हुन्छ । त्यसको लागि हामीले क्वालीटी प्रोडक्ट दिन सक्नुपर्ने हुन्छ । हामीले हाम्रा पहाडीका कालोपत्रे भइसकेका एयरपोर्टमा हावाइ सेवा दिनुप¥यो । यहाँबाट माउण्टेन फ्लाईट चलाउनु प¥यो । त्यसैगरी खर्च गर्ने गतिविधिलाई पनि सञ्चलानमा ल्याउनुपर्ने हुन्छ । जसका लागि क्यासिनो, डिस्कोलगायलाई सञ्चालनमा ल्याउनु पर्ने हुन्छ । प्रदेशमा धेरै धार्मिक क्षेत्र तथा शक्तिपीठहरू रहेका छन् । तिनको महिमा र शक्तिको बारेमा प्रचार प्रसार गर्नुपर्ने हुन्छ । त्यहाँका पूर्वाधारको सुधार पनि उक्तिकै महत्त्वपूर्ण रहेको छ । गन्तव्यस्थलहरूलाई पर्यटकमैत्री बनाउन तालिम सञ्चालन गर्नुपर्छ । भ्रमण वर्ष हाम्रो र राम्रो हो भन्ने बनाउन प्रत्येक जिल्लामा विविध गतिविधि सञ्चालन गराइरहन पर्छ ।


पुन्य भट्टराई (संयोजक, प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन प्रचारप्रसार उप–समिति)

भौतिक पूर्वाधार तत्काल निर्माण गर्न सकिने अवस्था छैन । अहिलेको अवस्थामा पर्यटकलाई तत्काल आकर्षित गर्न प्याकेज कार्याक्रमलाई आगाडि बढाउनुपर्ने हुन्छ । पर्यटकलाई प्याकेज कार्यक्रम बनाएर विराटनगर, धरान, इटहरीका व्यवसायी केही सक्षम भए पनि पहाडी क्षेत्रमा त्यो अवस्था सृजना भइसकेको छैन । यसको लागि पहाडी क्षेत्रका पर्यटन व्यवसायीलाई पनि सक्षम बनाउनुपर्ने अवस्था रहेको छ ।‘बि टु बि’ अर्थात् बिजनेस टु बिजनेस लिङ्कको व्यवस्था मिलाउनु पर्ने हुन्छ । आउने पर्यटकलाई कुनै पनि पर्यटकीय स्थल जाने प्याकेज कार्यक्रम खै ? कति खर्च लाग्छ ? त्यसको निर्धारण गरिएको छैन । कोही पाथिभरा जना चाहन्छ भने त्यसको लागि लाग्ने खर्च कति हो । त्यसको तयारी हामीले गर्न सकेका छैनौ । आउने पर्यटकले सोद्धै खोज्दै जानुपर्ने अवस्था आयो भने त्यसले कस्तो सन्देश दिन्छ । त्यसैले हामीले पर्यटन व्यवसायीलाई प्याकेज मेकिङ तालिम दिनुप¥यो । त्यसलाई बेच्न सिकाउनुप¥यो । सरकाले त्यसको लागि प्लानिङ गर्नुपर्छ । समस्या धेरै छन् सरकारले तत्काल गर्न सकिने कुरामा बढी ध्यान दिनुपर्छ ।


राजन श्रेष्ठ (सह–संयोजक, प्रदेश स्तरीय पर्यटन प्रवद्धन समिती)

भ्रमण वर्षको लागि पर्यटकीय गन्तव्यहरूको भौतिक पूर्वाधार तयार गर्ने काम गर्नुपर्नेछ । अन्तरदेशीय प्रचार प्रसारको लागि तयारी भइरहेको छ । हाम्रा गन्तव्यहरूको बारेमा भारतमा जानकारी गराउन तयारी गरिरहेका छौँ । सङ्घले १६ वटा स्थान तोकेको छ । त्यसका अलावा पनि हामीसँग धेरै गन्तव्यहरू रहेका छन् । तिनको पहिचान गरेर प्रचार प्रसारमा ल्याउन पर्छ । सबै पर्यटन व्यवसायी पर्यटकमैत्री व्यवहार गर्ने बनाउन विभिन्न प्रकारका तालिम सञ्चालन गर्नुपर्ने हुन्छ । त्यससँगै पर्यटक आउँदा प्रत्यक्ष सम्पर्कमा पुग्ने सवारी चालक,ट्राफिक, प्रहरी, होटेल व्यवसायी, ट्राभल एजेन्सिलगायतका व्यक्तिलाई आतिथि सत्कारसम्बन्धी तालिम दिनुपर्ने हुन्छ । भ्रमणको लागि आएका पर्यटकलाई पाहुनाको रूपमा स्वागत सत्कार गर्नुपर्ने हुन्छ ।