लक्ष्मीमार्ग / मोरङमा यूरोपीयन जङगलवाट ल्यायीएको मेरीफेरा जातको मौरीको व्यवसायीक पालनतर्फ आकर्षण बढेको छ ।
मोरङमा ७० जना व्यवसायीक मौरी पालक किसानहरुले यो जातको मौरी पालनलाई प्राथमिकता दिएका छन् । यो मोरीबाट वार्षिक सरदर दुई सय क्वीन्टल मह उत्पादन हुने गरेको छ । लेटाङ ९ का इमनाथ पोख्रेल केहि दिन देखी ढकमक्क फुलेको तोरीवारीमा रमाइरहेका छन् ।

पोख्रेल मात्रै होईन ब्यावसायिक मौरी पालन गर्दै आएका उर्लावारीका बोधराज खतिवडा, हरैचाका रेवती तिम्सिना, लेटाङ २ का कमल राई लगायत अरु ७० जना मौरी पालक किसानहरु तोरी वारीमा मौरी चराइरहेका छन् । मौरीका घार नै लिएर उनिहरु तोरी फुलेको ठाँउमा पुगेका हुन् । तोरी फुल्ने सिजनमा मौरी पालक किसानहरुले मौरी चरण क्षेत्रको भागबण्डै गरेर सिमाना छुट्याएका हुन्छन् । आफ्नो सिमानामा परेको तोरीबारीमा तोरीको फुल नझरे सम्म त्यहा“ अरु कसैले पनि मौरीको घार लिएर जान पाउदैन ।

मंसिरको पहिलो साता चराउन निकालीएका मौरी जेठ अन्तिम सातामा मात्र घर आइपुग्ने र त्यसपछि कात्तिक अन्तिम सम्म घरमै चिनी खुवाएर पाल्नु पर्ने मौरीपालक किसान इमनाथ पोखरेलले बताए । तोरीको सिजन सकिएपछि जङगलमा राखिने र बैशाखमा जङगलमा विभिन्न वनस्पती फुल्छन । त्यही फुल खाएर उत्पादन हुने मह तोरीको भन्दा गुणस्तरी हुने र विक्री पनि बढी मूल्यमा हुने उनले बताए । उनका अनुसार तोरीको सिजनमा उत्पादन हुने मह प्रति केजी ६ सय रुपैया र जङगली मह प्रति केजी ८ सय रुपैयाले स्थानीय स्तरमै विक्री हुने गरेको बताए ।

तोरीको सिजनमा मौरी पालक किसानलाई मौरी चराउनका लागि होक्लावारी, केरौन, मृगौलिया, हरैचा, बेलवारीको वाहुनी, पथरी शनिश्चरे, वयरवन लगायतका स्थान चरन क्षेत्र व्यवस्थापन गरीने मौरी पालन संघ मोरङका अध्यक्ष बोधराज खतिवडाले बताए । उनका अनुसार आ–आफनो भागमा परेको स्थान वाहेक अरु ठाउ“मा मौरी चराउन पाइदैन र आफ्नो भागमा परेको तोरीवारीमा मौरी चराउदा जग्गावालालाई उनीहरुले भाडा वापत मह नै दिने चलन रहेको बताए । मौरीपालन व्यवसायमा लागेका इमनाथ पोख्रेलको हाल २ सय ५ घार मौरी रहेका छन् ।

वार्षिक १२ देखि १३ लाख कमाइ हुने गरेको उनी बताउँछन् । उनका अनुसार ‘खर्च कटाएर प्रति किलो ४ सय रुपैयाँ आम्दानी हुने गरेको छ ।’ गत वर्ष ३० क्वीन्टल मह उत्पादन भएको उनले बताए । २ प्रजातिका मौरी पालेका उनले मौरीसहितको घारसमेत बिक्री गर्ने गरेका छन् । पोख्रेल जस्तै लेटाङ २ का कमल राई पनि मौरी पालनमा खुसी भेटिन्छन् । अहिले मौरीको महबाटै वाषर््ीक १० लाख भन्दा वढि कमाउने गरेको उनि बताउछन् । ६ लाख लगानि गरेर मौरी पालन सुरु गरेका राई सँग अहिले २ सय घार भन्दा वढि मौरी रहेका छन् ।

मौरीको मह उत्पादनको मुख्य स्रोतनै पछिल्लो समय तोरी बन्ने गरेको छ । पछिल्लो समय मौरीपालमा युवा पिडिको आकर्षण समेत बढदै जान थालेको छ । कृषकहरुलाई तालिम तथा आधुनिक घारहरुमा अनुदान पाउन थालेपछि मौरी पालक कृषकको सख्या बढदै गएको छ ।