यासोक /  तमोर जलशाय आसापासको जग्गा खरिद बिक्री रोक्न लगानी बोडले निर्देशन दिएको छ ।
आयोजना आसपासको क्षेत्रमा जग्गा खरिद बिक्री बढेको भन्दै सम्वन्धित निकायमा पत्रचार गरी खरिद बिक्री रोक्न निर्देशन दिएको हो । लगानी बोडको कार्यालयले तमोर जलाशय आयोजनालाई प्रभाव पर्ने गरी जग्गाको खरिद बिक्री भएकाले तत्काल रोक्का गर्न सम्वन्धित निकायलाई पत्रचार गरेको छ ।

बोडले पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्ला प्रशासन र मालपोत कार्यालयलाई पत्रचार गर्दै जग्गा रोक्का गर्न आग्रह गरेको हो । आयोजना स्थलको समुद्रसतह देखि ६ सय मिटर उचाहीमा पर्ने निजी हकभोगमा रहेका सबै प्रकृतिक जग्गाहरुको कारोबार रोक्न पत्रचार गरेको छ । आयोजना स्थानका जग्गाहरु खरिद बिक्री भएमा सम्भावित क्षेत्रमा लामो समयदेखि जिवनयापन गर्दै आएका वास्तविक जग्गाधनीले परियोजनाबाट भविष्यमा प्राप्त गर्ने सेवा सुविधाबाट बञ्चित हुने देखिएको भन्दै बोडले सम्वन्धित नियमा पत्रचार गरी खरिद बिक्री रोक्न पत्रचार गरेको हो ।

गौरवको योजनाको रुपमा रहेको ७ सय ५६ मेगावाट क्षमताको तमोर जलाशाययुक्त जलविद्युत परियोजना संचालन हुने पाँचथरको कुम्मायक गाउँपालिका १,३ र ५ नम्बर वडा, हिलिहाङको १, २, ४, ५ र ६ फिदिम नगरपालिका ४ वडा क्षेत्रमा जग्गा रोक्न भन्दै पत्रचार गरिएको छ । त्यस्तै ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका ३ र ४ तेह्रथुम जिल्लाको छथर गाउँपालिका ५, म्याङलुङ नगरपालिका १ र १० फेदाप १ र आठराइ गाउँपालिका ३, ४,५, ६ र ७ नम्बर वडाको पनि जग्गा रोक्काको लागि पत्रचार गरिएको छ ।

बोडले तीन वटै जिल्लाका जिल्ला प्रशासन र मालपोत कार्यालयमा पत्रचार गरसंगै जिल्ला प्रशासान र मालपोत कार्यालयले सम्बधित स्थानीयतहलाई पत्रचार गरेको छ । लगानी बोडका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीद्धारा अस्ताक्षरिक पत्रमा २०७५ कात्तिक २४ गतेलाई परियोजना बिकाशको प्रारम्भिक विन्दु मानेको छ । त्यसपछि खरिद बिक्री भएका जग्गाको मुआब्जा या क्षतिपूर्ति साविक सरह नहुने व्यहोरा खुलाइ दिन पनि भनिएको छ ।

पत्र प्राप्त गरेका स्थानीयतहले आवश्यक सहयोग गर्ने बताएका छन् । लामो समयदेखि कुम्मायक गाउँपालिकाको तमोर टटिय क्षेत्रमा जग्गाको खरिद बिक्री हुदै आएको थियो । तर जग्गा रोक्काको पत्र पाउँन साथ जग्गाको खरिद बिक्री गर्दै आएका स्थानीयलाई जानकरी गराइएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

तमोर जलाशययुक्त आयोजना बन्ने चर्चासंगै गाउँपालिकाको १, ३ र ५ नम्बर वडामा जग्गाको कारोवार हुदै आएको थियो । तेह्रथुम र पाँचथरको सिमा स्थीति लुमुघाट क्षेत्रमा जग्गाको कारोबार बढेको थियो । उक्त क्षेत्रमा खेतीयोग्य जमिन रहेका छन । जग्गाको कारोबार हुन नदिन सम्बन्धित वडा र गाउँपालिकाले पनि आवश्यक परार्मश र छलफलबाट स्थानीयलाई सचेत बनाउँदै आएको अध्यक्ष चेम्जोङले बताए ।