विराटनगर / चालु आर्थिक वर्षको पाँच महिनामा प्रदेश १ मा १ सय ४९ जनाको सवारी दुर्घटनमा परि मृत्यु भएको छ । १४ जिल्ला रहेको प्रदेश १ मा चालु आर्थिक वर्ष ०७६/०७७ को मंसिर महिनासम्म ६ सय १३ वटा दुर्घटना भएको थियो । जसमध्ये १ सय ४९ जनाको मृत्यु र ४ सय १२ जना घाइते भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भिम दाहालले जानकारी दिए ।
दुर्घटना भएका मध्ये सबैभन्दा बढी चालकको लापरबाहीले भएको उनले बताए । चालु आर्थिक वर्षमा चालकको लापरबाहीले २ सय ८७ दुर्घटना भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । जिर्ण सडकको अवस्थाले २ सय १४ र ३२ वटा मापदक पद्धार्थ सेवन (मापसे) गरि सवारी चलाउनले र्दुघटना भएको हो ।
प्रदेशमा भएको सवारी दुर्घटनाको त्रि– वर्षिय अभिलेखले दुर्घटनामा परि मृत्यु हुने संख्यामा घटबढ देखिएको छ । आथिक वर्ष ०७३/०७४ मा १ हजार ३ सय १८ वटा सवारी दुर्घटनामा परि ३ सय ५० जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७६ जना घाइते भएको प्रदेश ट्राफिकको अभिलेखमा देखिन्छ । ०७३/०७४ को तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा दुर्घटनामा परि ७४ जनाको मृत्यु हुनेको संख्यमा वृद्धि आएको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार २ सय ७९ वटा दुर्घटनामा परि ४ सय २४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०७५/०७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटनामा परि मृत्यु हुनेको संख्यमा कमी आएको छ । आर्थिक वर्षमा १ हजार २ सय ९८ वटा दुर्घटनामा परि ३ सय ७३ जनाको मत्यु भएको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्षमा ५१ जना दुर्घटनमा परि मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
सबैभन्दा बढी दुइ पाङग्रे सवारी साधान बढी दुर्घटनामा भइ मृत्यु हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा ४ सय ३४ वटा दुई पाङग्रे सवारी साधन मोटरसाइकल दुर्घटना भएको छ । प्रदेशमा सबैभन्दा बढी दुर्घटना हुने स्थानको पनि प्रहरीले पहिचान गरेको गरेको छ । प्रदेशको ६ जिल्लामा ४५ स्थानामा दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । जसमध्ये सुनसरीमा बढी दुर्घटना हुने गरेको छ । सुनसरीको धरान विश्कर्मा मन्दिर, बसक्याम मोड, इटहरी–खनार बाबा मिल, इनरुवा, कोशी ब्यारेजलागयत गरि ११ स्थानमा दुर्घटना हुने स्थानको रुपमा ट्रफिक प्रहरीले लिएको छ । यस्तै मोरङमा ८, झापामा ६, इलाम, उदयपुर, धनकुटा, र पाँचथरमा ५/५ स्थानमा दुर्घटना हुने स्थलको प्रहरीले पहिचान गरेको छ ।
सवारी दुर्घटनको प्रमुख कारण भनेको मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउदा दुर्घटनमा भएको एसपी गौतमले जानकारी दिए । उनले भने, ‘दुर्घटनको अर्को कारण सडक पनि हो । साँघुरो सडकले गर्दा कतिपय क्षेत्रमा दुर्घटनमा हुन पुग्दछ ।’ त्यस्तै गलत तरिकाले उछिन्ने, लेन अनुशासन पालना नगर्नु, जथाभावी गलत तरिकाले सवारी साधन रोक्नु, सवारी पूर्ण रुपमा नरोकी यात्रु ओर्लने, सवारी सही ठाउँमा नरोक्नुले दुर्घटनमा बढेको ट्राफिक प्रहरीको भनाई छ । पुर्वी भेगको सडक साघुरो र केही ठाउँमा जिर्ण भएको कारणले पनि सवारी दुर्घटन हुने गरेको छ । उनले भने, ‘चालक ट्राफिक नियम पालना गरि सवारी चलाए दुर्घटना आफै न्यूनिकण हुन्छ ।’ दुर्घटना कम र ट्राफिक जाम हटाउन आफूहरुले पछिल्लो समय ट्राफिक सचेतना अभियान व्यापक रुपमा चलाएको उनले बताए ।