पूर्वीय सनातन धर्मानुयायीहरूले चन्द्रमास गणना पद्धतिअनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनहरूलाई यमपञ्चकका रूपमा मनाउने परम्परा छ । नेपाली जनजिब्रोका भाषामा हामी यी दिनहरूलाई तिहार पनि भन्दछौँ । यस पर्वका पाँचै दिनको महŒव अलग अलग भए पनि मूल मर्म एउटै छ । तिहारका पाँच दिनको महŒवलाई यहाँ प्रस्तुत गरिएको छ ।
काग तिहार
तिहारको पहिलो दिन सर्वभक्षी, सचेष्ट र दीर्घायु पक्षी कागको पूजा गरेर मनाइन्छ । हिन्दु धर्मशास्त्रअनुसार काग काल, मृत्यु र शकुनको सन्देशवाहक पक्षि हो । यसको कर्कश स्वर  र विकृत रूप देखेर मानव मन स्वतः भयभीत हुने गर्दछ,परन्तु सनातन धर्मको उदार चरित्रले कागको पूजन गरेर कसैलाई  मन नपर्ने प्राणीको पनि प्रकृतिमा सम्मान र स्थान हुनुपर्दछ भनेर निर्देश गर्दछ ।
काग तिहारकै दिन आयुर्वेदका प्रथम प्रणेता भगवान धन्वन्तरीको अवतार भएको थियो ।

स्वस्थ जीवनका लागि प्रकृतिका अनुपम उपहार वनस्पतिको संरक्षण र सम्वर्धन गर्न उत्प्रेरित गर्दै प्राकृतिक जीवन जीउनु धनवन्तरी जयन्तीको मुख्य सन्देश पनि हो । भगवान धन्वन्तरीको सिद्धान्तअनुसार “यस्य देशस्य यो जन्तु स्तज्जं तस्यौषधं हितम् ” अर्थात् जुन प्राणी जुन ठाउँमा जन्मन्छ उसको स्वास्थ्य रक्षाका लागि त्यही ठाउँका वनस्पतिमा नै औषधि बनेको हुन्छ, यो सार्वभौम सिद्धान्त निरोग रहन चाहने संसारका सबै देशका लागि मननीय र अनुकरणीय छ ।

यो जयन्ती र भगवान धनवन्तरीको यो महान् अनुसन्धानलाई अनुसरण गर्ने हो भनें हामी जस्तो औषधिमा पर निर्भर हुने नेपालीले हाम्रो प्रकृतिका अनुपम उपहार वन वनस्पतिको संरक्षण, अध्ययन र औषधि निर्माण गरी औषधि किन्नका लागि विदेश पठाउने अरबौंको धनराशी हाम्रै वनस्पति विकासमा खर्चन सकिनुका साथै हाम्रा वानस्पतिक औषधिहरू विदेश पठाएर संसारलाई स्वस्थ जीवन प्रदान गर्न सकिने कुरामा कुनै शङ्का नै छैन किनकि हाम्रो देश विविध वनस्पति र प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।

कुकुर तिहार
स्वामीभक्त, आशक्त र मलभक्षी भनेर चिनिने  कुकुर पनि काग जस्तै सचेष्ट  र स्वतन्त्र प्राणी हो । धर्मशास्त्रअनुसार यो मृत्युको दूत पनि हो । यस प्राणीको क्रन्दनका आधारमा शकुनशास्त्रीहरूले  शकुन, अपशकुन, उल्कापात, वर्षा, विप्लव, भूकम्प  र मृत्युको पूर्वानुमान लगाउने गर्दछन् । यसै कारण जीवनमा प्रत्येक आपदाबाट सचेष्ट रहन कुकुरको रक्षा र सम्मान पूर्वीय संस्कृतिको अविच्छिन्न परम्परा हो । कुकुर तिहारकै दिन साँझपख चौधवटा दियोमा बत्ती बालेर  सङ्कल्पपूर्वक घरको दक्षिण दिशामा यमराजका लागि राख्ने नियम पनि छ ।

वास्तुशास्त्रअनुसार बासगृहको दक्षिणपट्टिको भाग सधैं खुल्ला प्रकाशयुक्त र स्वच्छ हुनुपर्दछ । वासस्थनमा गृहक्लेश, अस्वस्थता अकालमृत्यु र अपव्यय पनि दक्षिण दिशाको वस्तुस्थिति हेरेर मात्र वास्तुशास्त्रीय निर्णय गरिन्छ । वास्तवमा सुखद वासगृह चाहनेले दक्षिण दिशाको संवेदनशीलतालाई जहिल्यै पनि ध्यानमा राख्नु अनिवार्य छ । साथै धर्मशास्त्रअनुसार प्राणीको मृत्युपछि आत्माले दक्षिण र उत्तर मध्ये कुनै एक बाटो लाग्नुपर्ने हुन्छ । उत्तर मार्ग अर्थात् स्वर्गीय मार्ग र दक्षिण नारकीय बाटो । अतः दक्षिण मार्ग गमनरूपी अन्धकारको बोधको सङ्केत स्वरूप यी चौध दीपकहरू पनि  हुन् ।

कुकुर तिहारकै दिन भोलिपल्ट गरिने लक्ष्मीपूजाको पूर्वतयारी पनि गरिन्छ भने अकाल मृत्युबाट बच्न र बचाउन अन्न र कपडा दान गर्ने परम्परा छ । आफू वैभव र सम्पन्नतामा रमेर लक्ष्मीपूजा गर्दैगर्दा आप्mना वरिपरिका धनहीन छरछिमेकीहरूलाई कुनै पनि अभाव नहोस् भनेर नरक चतुर्दशीका दिन गरीबहरूलाई अन्न र कपडा दान गर्नुपर्ने शास्त्रको निर्देश छ ।

ठूला उद्योगपति र व्यापारीहरूलेपनि आफ्नो वैभवको वृद्धिमा तनमनले सहयोग गर्ने आप्mना मजदुर र उनीहरूका परिवारका सदस्यलाई उपहार, सम्मान र अतिरिक्त नगद दिने परम्परा आज पनि कतिपय घरानिया उद्यमीहरूले धानी रहेका छन् । यसरी अशक्तदेखि शक्तिशालीसम्म मजदुरदेखि मालिकसम्म सबैजना आर्थिक रूपले सम्पन्न भएपछि अनि शुरु हुन्छ महालक्ष्मी पूजन ।

लक्ष्मीपूजा
लक्ष्मीपूजाको परम्परा सनातनदेखि चलिआएको अविच्छिन्न परम्परा हो । यो पूजा र उत्सवमा गरिने सबै कर्महरूको वैज्ञानिक सांस्कृतिक र सामाजिक विश्लेषण गर्ने हो भने यस लेखले ग्रन्थको रूप लिन सक्छ । यसर्थ लक्ष्मीपूजाको ऐतिहासिक प्रसङ्गतर्फ लागौँ ।

इतिहास अध्ययन गर्ने हो भने संसारलाई सभ्यता सिकाउने आर्यावर्त  कृषि, अर्थ र बाणिज्यमा  संसारमा सबैभन्दा समुन्नत थियो । पृथ्वीको भौगोलिक अवस्थालाई विशिष्ट अध्ययन गर्ने हो भने ध्रुवीय प्रदेश र अन्य केही देशहरूमा जलवायु सधंै एक समान रहने गरेको छ  । आर्य संस्कृतिको उद्गमस्थल आर्यावर्तमा  कालचक्रका आधारमा ऋतु परिवर्तन भइरहन्छ । भिन्न भिन्न ऋतुहरूमा विविध गुण र शक्ति सम्पन्न फल, मूल, औषधि र वनस्पतिको उत्पादन भइरहन्छ ।

यस कारण भारतवर्षका देशहरू अन्न,  फल  र वनस्पतिमा समृद्ध थिए र अहिले पनि छन् । जीवनका महŒवपूर्ण वस्तु अन्न र वस्त्र  नै हुन् । यस क्षेत्रमा यो समयमा प्रचुर मात्रामा अन्न र कपास उत्पन्न भएको हुन्थ्यो । यस बेला सारा संसार अन्न र कपडाको चिन्ताबाट मुक्त भएको हुन्थ्यो । सुख समृद्धिको यो समय सबैका लागि उत्सव सरह मनाइन्थ्यो । अन्न र कपडाको प्रशस्ततामा जनताले राज्यलाई बुझाउनुपर्ने उचित कर पनि बुझाइसकेका हुन्थे ।

यसरी सबैतिरबाट चिन्तामुक्त भएका जनतालाई आआप्mना शासकहरूले विभिन्न समूह विभाजन गरी  शास्त्रको निर्देशनअनुसार दक्ष आचार्य र गुरुहरूको निर्देशनमा खेलकुद,नाचगान ,महिला सम्मेलन, ब्यापारीहरुको सम्मेलन, गर्दै उत्पादित अन्न, कपास फलको बजार अध्ययन, तेजी मन्दीको पूर्वानुमान दुग्ध उत्पादन, पशुहरूको वंश सुधार र आयात निर्यातमा धर्मपूर्वक चर्चा गरिन्थ्यो । धनाढ्य व्यापारीहरूले आयोजित खेलकूदमा खेलाडी र खेल समूहमाथि विजयको पूर्वानुमान गरि बाजी थाप्थे ।

उत्कृष्ट कला प्रदर्शन गर्ने कलाकर्मीलाई राज्यले पुरस्कृत गथ्र्याे । कलाकारहरूका बिभिन्न समूहहरू घरघरमा गएर सर्वाेत्कृष्ट कला प्रदर्शन गर्दै राज्यको कला संस्कृतिलाई समुन्नत बनाउन उत्साहित हुन्थे । यस्ता काममा राज्यको प्रत्यक्ष सहयोग र समर्थन रहन्थ्यो

यसरी मानव सभ्यताको विकाशसँगै सूत्रपात भएको दीपावली शास्त्रीय संस्कृति राष्ट्रोत्थानको गरिमामय र विशिष्ट पर्व हो । धर्मशास्त्र र इतिहास ग्रन्थका आधारमा दीपावलीका सम्बन्धमा वर्णन पुष्टि गरिएका अन्य कथा र जनश्रुतिहरू पनि देश र काल भेदले सबै सत्य नै हुन् ।  

दीपावलीका दिन बिहान सबैले आप्mनो आवास गल्ली, चोक चौतारा स्वच्छ र सुन्दर पार्ने परम्परा छ भने दिनभर पितृहरूको सम्झनामा निराहार बस्ने नियम पनि छ । साँझपख घर तथा व्यापारिक प्रतिष्ठानमा सुन्दर दीपकहरू बालेर गणेश, लक्ष्मी, नवग्रह, मातृका, पूजन गरी नयाँ हिसाब खाता र लेनदेन प्रारम्भ गर्ने नियम छ । यसरी उल्लासमय वातावरणमा महालक्ष्मीको पूजन गरेर आआप्mनो परिश्रम  र प्रारब्धअनुसार प्राप्त सम्पत्तिको यश आप्mना दिवंगत पिता पुर्खालाई दिंदै आफूभन्दा ठूला व्यक्तिको  आशीर्वाद लिई सपरिवार भोजन गर्ने परमपरा छ ।

यस  सनातन संस्कृतिले हाम्रा भावी सन्ततिहरूलाई पारिवारिक एकताको सूत्रमा बाँधिन प्रेरित गराउनुका साथै आफ्नो कुल परम्पराको गरिमालाई अक्षुण्ण राख्न मनोवैज्ञानिक बाध्यता पनि सिर्जना गर्दछ । यस पुनित कार्यले परम्परागत सुसंस्कारलाई  अनुसरण गरी सुखी जीवन बनाउन सहयोग गर्दछ । श्रमपूर्वक धन उपार्जन र त्यागपूर्वक त्यसको उपभोग भन्ने शास्त्रीय विज्ञानलाई दीपावलीले अझ समुन्नत बनाएको छ ।

गोवर्धन पूजा र अन्नकूट
प्रतिपदा तिथि गाई र गोवंश पूजनको तिथि हो । हामी एउटा सरल प्राणीलाई बन्धक बनाएर आफू अनुकूल ब्याख्या गरी आप्mनो स्वार्थ पूरा गरि रहन्छौं । स्वतन्त्रताको उसको जन्मसिद्ध अधिकारको गलत परिभाषा गरेर उसको दोहन गर्दछौँ । हाम्रो स्वार्थका लागि सुस्वास्थ्का लागि अनि राष्ट्रका लागि । बिचरा † के आवश्यकता छ र उसलाई  हाम्रो दासता स्वीकार गरोस् ? उसलाई कुन बाध्यता छ र हाम्रो लागि आफूभन्दा सयौं गुना ठूलो भारी बोकोस् र मरोस् । दुःखद र उपेक्षित वृद्धावस्थाले ?

हामीभन्दा कैयौं गुना शक्तिशाली भएर पनि हाम्रो बन्धक बनेर हाम्रा लागि निरीह बनिदिन्छ ।के उसको कुनै अधिकार छैन ? उसको स्वास्थ्य र शरीर रक्षा गर्नु हाम्रो दायित्व हैन ? अब गो वंशको रक्षा नश्ल सुधार उसको उत्तम स्वास्थ्यको प्रबन्धका लागि राष्ट्रिय सम्मेलन ,चिन्तन र बहस गर्ने दिन हुनुपर्छ पशु अधिकारका लागि र राष्टू निर्माण का लागि । अनि घरघरमा पालिनु र पूजिनुपर्छ गाई र गो वंश, यही महत्व हो हल तिहारको ।

हल तिहार कै दिन अन्नकूटको पनि आयोजना गरिन्छ । मौसम परिवर्तनको सङ्घारमा टोल टोलका किसानहरूले आ आप्mनो खेतबारीमा उब्जाएको नयाँ अन्नलाई एकै ठाउँमा भेला पारेर चौरासी प्रकारका परिकार बनाई अन्नदाता परमेश्वरलाई समर्पण गरी सहभोज गरेर मनाईने यो उत्सवले  मानवमात्रमा सह अस्तित्वको भावना जागृत गराउँछ ।

भाइटीका
दाजुभाइ दिदीबहिनी बीचको सम्बन्ध प्रगाढ र दृढ बनाउने यो दिन सद्भाव, सौहार्दता र सहृदयताको पर्व हो । धर्मशास्त्रअनुसार चेलीको रक्षा माइतीको दायित्व हो । यदि चेलीको चित्त नदुखाई माइतीले चेलीलाई शिक्षा, दीक्षा र रक्षा प्रदान गरेको छ भने विसम परिस्थितिमा जस्तोसुकै मूल्य चुकाएर पनि चेलीले माइतीको रक्षा गरेका वीरतापूर्ण कथाहरू सनातन संस्कृतिमा अनेकौं छन् ।

भाइटीकाका रूपमा निधारमा टीका लगाई चेलीले माइतीरूपी गर्वी पुरुषलाई  ‘घमण्ड गरी आफूलाई पथभ्रष्ट बनाए अकाल मृत्यु पनि हुनसक्छ त्यसैलै सधैं नम्र उदार र चरित्रवान हुनु’ भनी बैष्णवी शिक्षा दिंदै गुरुको जस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नु भाइटीकाको अन्तरनिहीत  सत्य हो ।

अन्त्यमा  यमपञ्चक हाम्रा लागि संस्कृति सभ्यता र आर्थिक क्रान्तिको राष्ट्रिय पर्व हो । यस प्रकाशको पर्वको उपलक्षमा सबैमा हार्दिक मङ्गलमय शुभकामना छ ।