धरान । धरान जेसीजको ५० औँ स्थापना दिवस तथा पुरस्कार वितरणसँगै धरान जुनियर जेसीजको २९ औँ अध्यक्ष पदस्थापन सम्पन्न भएको छ ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा धरानमा भएको कार्यक्रममा जेसीजले युवाहरूलाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणतर्फ प्रेरित गर्दै आएको प्रमुख अतिथि कार्कीले उल्लेख गरे ।
समारोहमा जेसी सागर प्रसाईंले औपचारिक रूपमा अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेका छन् । सन् २०२६ का नवनिर्वाचित शाखा पदाधिकारीहरूलाई पनि शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रमका वक्ताहरूले नेतृत्व विकास, युवाको सक्रिय सहभागिता, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयमा आ–आफ्ना धारणा राखेका थिए । संस्थाको गतिविधिमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्व तथा सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा आगामी कार्यकाल सन् २०२६ का लागि धरान जेसीजको दृष्टि (भिजन) समेत सार्वजनिक गरिएको छ ।






























