श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ १९ गते सोमबार, २ फेब्रुअरी  २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण कृष्णपक्षको प्रतिपदा तिथि भोलि ०२ः०९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र अश्लेषा ११ः०२ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः४९ बजे र सूर्यास्त ०५ः४३ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुनसक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

दोहो¥याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।अवसर र व्यवधानका बीचबाट कर्मफल प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरूको विश्वास जित्न केही समय लाग्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन पनि जुट्नेछन्। व्यापारमा विशेष फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला।अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सफलता मिल्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।