प्रदेश १ मा विदेशी पर्यटकहरु तान्ने एक मात्र गन्तव्य कोशी टप्पु वन्य जन्तु आरक्ष पर्छ । सुनसरी, उदयपुर र सप्तरीसँग सिमाना जोडिएको आरक्षमा एसियामै दुर्लभ मानिएका अर्ना र विश्वमै बढि(४८४) प्रजातीका चरा यहाँ पाइन्छ । र यहाँ हात्तीहरु पाइन्छन् । चराको राजधानी, अर्ना र हात्तीको वासस्थानको रुपमा विदेशीलाई बखान गरेर विदेशी मुद्रा आर्जन सकरात्मक पाटो हो । ती अर्ना, हात्ती तथा विभिन्न जंगली जनावरबाट एक थरी मावन आनन्तसँगै अर्थोपार्जन गरिरहेका छन् भने अर्काथरी मानव तीनै जनावरबाट आजित भएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीयका लागि ती जनवार ठूला दुस्मन भएका छन् । ती जनावरको उचित व्यवस्थापन गरेर सिमानाका नागरिकलाई न्याय दिन नसक्नु राज्यको विडम्बना हो ।

हालसम्म सुनसरीमा मात्र १४ जना भन्दा बढि हात्तीको आक्रमणबाट मृत्यु भएको तथ्याङ्क छ । अंगभंग भएका, घाइतेहरुको उतिकै संख्या छ । अरवौंको बालीनाली ती जनावारहरुले क्षति गरिरहेका छन् । सप्तरी, उदयपुर र सुनसरीका मध्यवर्ती क्षेत्रका नागरिक जनावरको ज्यादतीमा पिल्सिएका छन् । त्यो भन्दा बढि उनीहरुको क्षतिमा रमिते हुने आरक्षण प्रशासनबाट आजित छन् । हात्ती,अर्ना,चरालगायतका पशुपक्षी अवलोकन गर्न आउने विदेशी पर्यटकहरु देख्दा उनीहरुको मनखुश हुने वातावरण आरक्षण प्शासनले बनाउन नसक्नु विडम्बना हो । सरकारले संरक्षण गरेका मत्ता जनावरबाट असुरक्षित नागरिक न्युन भएको जमिनको टुक्रा छाडेर अन्यत्र जान पनि सक्दैंनन् । जनवारसँग लडाई गरेर जीवन बाँचिरहेका छन् । सकैका गणनामा नपर्ने अज्ञात शहिद कहिले हुनु पर्ने हो, त्यो अनिश्चित छ । त्यस्तै भोगाईमा उनीहरु बाचिरहेका छन् ।

आरक्षण सिमानाका नागरिकको जीवन दुखदायी छ । आरक्षित जनावरबाट नागरिकलाई सुरक्षित पार्न पनि सकिन्छ तर राज्यले त्यो व्ष्वस्थापन गर्न सकेको छैन् । अव त राज्य आँगनमै छ । आफ्ना नागरिकको सुरक्षाका लागि स्थानीय सरकार पनि जिम्मेवा हुनु जरुरी छ । आरक्षण वरिपरि बाल लगाएर केही जनावरहरुको उपद्रो न्यूनिकरण गर्न सकिन्छ । तर त्यो राज्यले गर्न सकेको छैन् । सप्तरीस्थित सप्तकोसी नगरपालिकाका मेयर उतम गौतमले भारदहदेखि उदयपुरको सिमाना बोचीसम्म वाल लगाउने भनेर सार्वजनिक कार्यक्रममा बोले तर अहिले विर्सिए । सबै सिमावर्ती स्थानीय तह मिलेर वलघेरावार गरे आफ्ना नागरिक बचाउन पहल गर्नु वाञ्छानिय हुने छ । आरक्षणको मुख ताकेर बसिरहने हो भने मृत्युको संख्या बढाउने र क्षतिको विवरण थप्ने काम वाहेक केही हुने छैन् ।

केही दिन अघि सुनसरीका नागरिकले हात्ती व्यवस्थापन गर्न दवाव दिदैं सडक आन्दोलन गरे । आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका गाउँमा श्रृखलाबद्ध जंगली हात्तीले अत्याधिक अन्नबाली र मानवीय क्षती पुु¥याउन थालेपछि भएको आन्दोलनलाई मत्थर पार्न आरक्ष प्रशासनले हात्तिसार उयदपुरको भागलपुरमा सा¥यो । आरक्षण प्रशासनले सुनसरीका नागरिकलाई आाखामा छारो हालेर समस्या उदयपुरतीर पु¥याएको छ । आरक्षणको यो कर्म नागरिकको समस्याको स्थायी समाधान हुदैं होइन । स्थानीय बासिन्दा र वन्यजन्तुसंग हुने द्वन्द्व कम गर्न र मानवीय क्षति घटाउन अन्य उचि व्यबस्थापनको उपाय अपनाउनु पर्छ । होइन भने प्रदेश १ को गहना कोशी टप्पुका बन्यजन्तुहरु मध्यवर्ती क्षेत्रका नागरिकका लागि निरन्तर अविसाप बनिरहने छन् । स्थानीय तह, प्रदेश सरकार र आरक्षण प्रशासन गम्भीर बन्नु पर्दछ ।